सलमानको घरमा हिरोइन हुमा कुरैशीलाई ‘प्रवेश निषेध’

बलिउड सुपरस्टार सलमान खानको घरमा हिरोइन हुमा कुरैशीलाई ‘प्रवेश निषेध’ गरिएको छ । सलमानको घरमा हुमाको आवत–जावत र हिमचिम यतिधेरै नजिक थियो कि, उनी खान परिवारको सदस्य बराबरकी थिईन् । खान परिवारमा हुने सबैजसो जमघट र कार्यक्रममा उनलाई निम्त्याइन्थ्यो । तर अब त्यो आवत–जावत र हिमचिम एकाएक ठप्प भएको छ ।
सलमानका भाइ नायक तथा निर्माता सोहेल खानसँग हुमाको सम्बन्धलाई लिएर सोहेल पत्नी सीमाले घर छाड्ने धम्की दिएपछि खान परिवार हुमालाई ‘नो इन्ट्री’ को निर्णयमा पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । हुमाको सम्बन्ध सलमानसँग भन्दा बढी प्रगाढ परिवारका अन्य सदस्यसँग थियो । सलमानकी बहिनी अर्पिताको निकै नजिकको साथी बनेकी थिईन् हुमा । तर अर्पिता आमा बनेपछि खान परिवारमा भएको कार्यक्रममा हुमालाई बोलाइएन ।
संचारमाध्यमहरुले उल्लेख गरेअनुसार अर्पितासँगको दोस्तीकै कारण विस्तारै सोहेल र हुमाको सम्बन्ध पनि नजिकिँदै गएको थियो । उक्त सम्बन्ध यति धेरै नजिकियो कि, आपत्ति जनाउँदै सोहेलकी पत्नी सीमाले घर छाडने चेतावनी नै दिइन् । त्यसपछि रिसाएका सोहेल नै घरबाट बाहिरिएर होटलमा बस्न थालेका थिए । घटनाले उग्ररुप लिएर परिवार नै छिन्नभिन्न हुनसक्ने अवस्थामा पुगेपछि खान परिवारले हुमासँगको सम्बन्धलाई नै टुक्राउने निचोड लिएको हो ।
सलमानका अर्का भाई अरबाज र बुहारी मलाइका अरोराको दाम्पत्य जीवन ‘डिभोर्स’ को संघारमा पुगेर रोकिएका बेला अर्का भाई–बुहारी सोहेल–सीमाको दाम्पत्य सम्बन्ध पनि धरापमा परेपछि खान परिवारले हुमालाई परिवारमा प्रवेश निषेधको ‘बोल्ड डिसिजन’ लिएको हो ।
यदाकदा ‘ब्रा–लेस’ र ‘टप–लेस’ फोटो सुट गरेर पनि चर्चामा आइरहने हिरोइन हुमा पछिल्लोपल्ट खान परिवारका साथमा राजनीतिज्ञ बाबा सिद्धिकीको ईद पाटीमा सहभागी भएकी थिईन् । त्यसयता अर्पिताले शिशु जन्माएको खुसीमा भएको पार्टी र अर्पिताकै बर्थ–डे पार्टी लगायत खान परिवारका कुनै पनि कार्यक्रम र जमघटमा हुमालाई सहभागी गराइएको छैन् ।
–एजेन्सीको सहयोगमा