हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्राविभन्दा माथि पुस्तक नहुने समस्याले मातृभाषाको पढाइ संकटमा ,हरायो थारू भाषाको पढाइ

tharu

भाद्र ८, २०७३- सरकारले आधारभूत तहका कक्षामा मातृभाषाको पढाइलाई प्राथमिकता दिने भनेको छ । तर, अभिभावकले मातृभाषाभन्दा नेपाली र अंग्रेजी भाषालाई नै बढी महत्त्व दिएको पाइएको छ । थारू र अवधी भाषाको बाहुल्य रहेका बाँके, बर्दिया र दाङका केही विद्यालयमा मातृभाषामा कक्षा सञ्चालनको अभ्यास गरिए पनि सफल हुन सकेको छैन । दाङबाट दुर्गालाल केसी, बर्दियाबाट कमल पन्थी र बाँकेबाट ठाकुरसिंह थारूको रिपोर्ट :

कुनै बेला बालबालिकाको विद्यालय छोड्ने दर घटाउने महत्त्वपूर्ण माध्यम मानिएको थारू भाषाको पढाइ अहिले हराउँदै गएको छ । दाङका अधिकांश विद्यालयमा थारू भाषामा शिक्षण थालिएको थियो । तर अहिले क्रमश: छोड्दै गएका छन् । अंग्रेजी शिक्षाप्रतिको मोह, अभिभावकको अनिच्छा, जटिल पाठ्यक्रम र प्राविभन्दा माथि पुस्तक नहुने समस्याले मातृभाषाको पढाइ संकटमा परेको हो । जिल्ला शिक्षा कार्यालयको पहलमा १० बाट सुरु भएको थारू भाषा शिक्षा विस्तार भई ४२ विद्यालयसम्म पुगेको थियो ।

अहिले एउटा विद्यालयको एउटा कक्षामा मात्र सीमित छ । शंकर मावि पिपरीले ५ कक्षामा मात्रै चलाएको छ । अन्य कक्षाको पठनपाठन बन्द छ । १ देखि ३ कक्षासम्म १ सय पूर्णांकको ऐच्छिक विषयमा थारू भाषाको पाठ्यक्रम राखिएकामा अहिले त्यसको सट्टा अंग्रेजी राख्न थालेको जिल्ला शिक्षा कार्यालयका मातृभाषा शिक्षा हेर्ने अधिकृत देवमणि चौधरीले बताए । ‘सबैलाई अंग्रेजीको मोह छ । अभिभावकमा अंग्रेजी नजाने के पढाउने भन्ने धारणा छ,’ उनले भने, ‘सामाजिक, स्वास्थ्य र सिर्जनात्मक कलामा २० प्रतिशत स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने भन्ने प्रावधान छ । यसको पनि कसैले कार्यान्वयन गरेको छैन ।’ २०६५ देखि सुरु भएको थारू भाषाको पढाइ २०७० देखि हराउँदै जान थालेको हो ।

थारूका साथै अवधी भाषाको समेत शिक्षा चलाउने सोचका साथ १४ जनालाई प्रशिक्षक/प्रशिक्षण तालिम दिई उनीहरूमार्फत १ सय बढी शिक्षकलाई तालिम दिइएको चौधरीले बताए । ‘त्यति गर्दा पनि केही उपलब्धि भएन । मातृभाषा शिक्षालाई कसरी बचाउने भनेर धेरैपटक प्रधानाध्यापकहरूको पनि बैठक राखियो,’ उनले भने, ‘अभिभावक र शिक्षकहरूको रुचि नभएपछि हराउँदै गयो । केही गर्दा पनि बचाउन सकिएन ।’ पहिले १ देखि ५ कक्षासम्म थारू भाषामा पढाउँदै आएकामा अहिले ५ कक्षामा मात्रै सीमित रहेको शंकर मावि पिपरीका प्रधानाध्यापक रामकुमार चौधरीले बताए । ‘शिक्षकहरूलाई पनि थारू भाषामा पढाउन गाह्रो भयो । अभिभावकले पनि चासो दिन सकेनन्,’ उनले भने, ‘सबै अभिभावकले अंग्रेजी मात्रै भन्छन् ।

थारू भाषामा चासो नै राखेनन् । एक/एक गरी सबै कक्षामा बन्दै हुँदै गएको छ ।’ कतिपय विद्यालयमा विभिन्न गैरसरकारी संस्थाको पहलमा सञ्चालन भइरहेकामा संस्थाले सहयोग गर्न छोडेपछि पढाइ बन्द भएको छ । ‘सिकाइ प्रभावकारी होस् भनेर मातृभाषा, राष्ट्रभाषा र अन्तर्राष्ट्रिय भाषा गरी तीन तहबाट बुझाउने प्रयास थालेका थियौं,’ उनले भने, ‘कतिपय अभिभावकले हामी नेपाली सजिलै बुझ्न सक्छौं, हामीलाई नबुझ्ने कमजोर ठानेको भनेर हेपेको जस्तो महसुस गरे । त्यसपछि फेरि पुरानै तरिकाले पढाउन थालियो ।’ भाषाप्रति मोह हराउँदा र शिक्षक अभिभावकलाई चासो नहुँदा थारू भाषाको शिक्षा लोप हुँदै गएको थारू भाषा पाठ्यपुस्तकका लेखक कृष्णराज सर्वहारीले बताए ।

पाठ्यक्रम विकास केन्द्रले फरकफरक ठाउँको भाषा एउटै किताबमा हाल्दा पनि थारू भाषाको पुस्तक जटिल भएको उनले बताए ।

अधिकांश विद्यालयमा बन्द

बर्दियास्थित मानपुरटपरा माविमा करिब ७५ प्रतिशत थारू भाषी विद्यार्थी अध्ययनरत छन् । सरकारले मातृभाषामा पठनपाठनको व्यवस्था गरे पनि यहाँ भने लागू हुन सकेको छैन ।

मानपुरटपराजस्तै बर्दियाका करिब एक हजार सामुदायिक विद्यालयमध्ये चार वटामा मात्र थारू मातृभाषाको पढाइ हुने गरेको छ । करिब ५१ प्रतिशत थारू भाषी रहेको जिल्लामा अभिभावकले चासो नदिँदा मातृभाषाको पढाइ हुने अधिकांश विद्यालयमा पठनपाठन बन्द हुँदै गएको हो । भाषाका कारण कतिपय विद्यार्थीलाई दोभासे शिक्षकले बुझाउँदै आएका छन् ।

घरमा मातृभाषा बोल्दै आएका कलिला बालबालिकालाई समस्या भए पनि उनीहरूले बुझ्ने गरी भाषाको प्रयोग गरिएको बगलामुखी राधाकृष्ण थारू मावि, गुलरियाकी शिक्षिका जया शर्मा बताउँछिन् । गुलरिया आसपास र मोहम्मदपुरमा अवधी समुदायको बाक्लो बस्ती छ । अवधी भाषा बोल्ने बाबालिकाको समस्या उस्तै छ तर शिक्षकले उनीहरूलाई बुझ्ने भाषामा अध्ययन गराइरहेको बताउँछन् ।

जिल्लाको चारवटा सामुदायिक विद्यालयमा थारू मातृभाषामा पढाइ भए पनि पाठ्यक्रम र पाठ्यपुस्तक अभावमा झन्डै २५ वटा विद्यालयमा लागू हुन नसकी बन्द भएको बहुभाषिक प्रशिक्षक च्यामु चौधरीले बताए । दाङमा रहेको थारू समुदायलाई आधार मानी प्रकाशित गरेका पाठ्यपुस्तक यहाँका स्थानीय थारू भाषीसँग मिल्दोजुल्दो नभएका कारण पठनपाठन गर्न समस्या भएको गुनासो शिक्षकको छ ।

थारू भाषा घरमै बोलिन्छ, नेपाली र अंग्रेजी सिक्न भनेर पढ्न विद्यालय पठाएको भन्दै अधिकांश अभिभावकले प्रतिक्रिया दिने गरेको बहुभाषिक प्रशिक्षक चौधरीले बताए । किसान मावि फचकवा, नेरामावि भैसाहीलगायत चारवटा विद्यालयमा प्राथमिक स्तरका विद्यार्थीलाई मातृभाषा थारूमा पढाइ हुने गरेको छ ।

मगरागाडी, गुलरिया र मैनापोखर स्रोत केन्द्रका अधिकांश विद्यालयमा थारू भाषामा पढाइ हुने गरेकामा गत शैक्षिक सत्रमा बन्द भएका छन् । अहिले पनि मातृभाषाका पाठ्यपुस्तक अभाव रहेको शिक्षक बताउँछन् । सदरमुकाम गुलरिया, मोहम्मदपुर, सोरहवा, जमुनी र राजापुर क्षेत्रमा अवधी समुदायको बसोबास रहेको छ । तीमध्ये सबैभन्दा बढी गुलरियाको मथुराहरिद्वार र खैरापुरमा अवधी समुदायको बाक्लो बस्ती छ । ती बस्तीको हरेक गाउँमा विद्यालय छन् तर शिक्षक मधेसी समुदायको भए पनि नेपाली भाषामा बालबालिकालाई अवधीमा अनुवाद गरी पढाउने गरेको शिक्षक मिथलेश यादव बताउँछन् । छेदापुर प्राविका प्रधानाध्यापक मिथलेश यादवले हालसम्म अवधी भाषाका लागि पाठ्यपुस्तक तयार नपारेको बताए । जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले भैसाहीलगायत केही विद्यालयमा थारू मातृभाषामा पढाइ हुने जानकारी भएको बताए ।

बाँकेमा पनि समस्या

थारू, अवधी र उर्दु भाषी बहुल बाँकेमा जिल्ला शिक्षा कार्यालयले ती समुदायका केही शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दियो । तालिम प्राप्त शिक्षकले आफ्ना स्रोत केन्द्रअन्तर्गत रहेका प्राथमिक तहका शिक्षकलाई दुईपल्ट मातृभाषाको पढाइ विधिबारे प्रशिक्षण दिए । ‘तर, तालिम पाएको चार वर्ष बितिसक्दा पनि मातृभाषाको पढाइ लागू भएन । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution