नयाँ शक्ति बेलायत द्वारा बाढीपीडितका लागि सहयोग अभियान सम्पन्न

नेपालको बिभिन्न क्षेत्रमा बाढीपहिरोबाट धेरै प्रभाबित क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोगको गर्ने उदेश्यका साथ बेलायतमा नयाँ शक्ति पार्टी नेपालको (भात्री संगठन) अन्तराष्ट्रिय नेपाली समाज युकेले एक दिने योगा शिबिर अभियान गुरु ड़ा : बिकाशानन्द र रेकी मास्टर कमलेश्वरिबाट मनोक्रान्ति प्रबचन तथा योग ध्यान कार्यक्रम भव्य सफलताका साथ सम्पन्न गरेको छ |
गत २१ अगस्ट सन् २०१६ आइतबार दिउसो १२ बजे बाट सुरुभएको कार्यक्रममा अन्तरास्ट्रिय नेपाली समाज युकेका संयोजक भोला खनालको सभापतित्योमा प्रमुख अतिथि नेपाली दूतावास लण्डनका कार्यबाहक राजदूत शरदराज आरन ,बिशेष अतिथि डा : बिकाशानन्द योगी तथा अतिथिहरुमा क्रमस कमलेश्वरि श्रेस्ठ्, तेजेन्द्र रेग्मी नेपाली दूतावास लण्डनका एटाची, नेपाल टुरिजम् बोर्डको HPRR पशुपति भण्डारी, नगेन्द्र नेम्वाङ, मनोक्रान्ति बेलायतका संयोजक एवं पूर्व पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा, विशन गुरुङ, लगायतका अतिथीहरु रहेका थिए |
अन्तरास्ट्रिय नेपाली समाज युके फान्ब्रोहका कोडिनेटर् हेम गुरुङको व्यवस्थापनामा संस्थाका संरक्षक धन बहादुर गुरुङ, बेलायत महिला विभागीय प्रमुख शकुन्तला गुरुङ, सचिबालय सदस्य पाण्डब महत्यवाले कार्यक्रम सफल बनाउनमा बिशेष भूमिका खेल्नु भएको थियो |
सो अभियान बाट £2030 (दुइ हजार तिस पौण्ड) जम्मा गर्न सफल भएकोमा अन्तराष्ट्रिय नेपी समाज युके संयोजक भोला खनालले कार्यक्रमको अन्त गर्दै कार्यक्रममा उपस्थित अतिथि सबैलाईसम्बोधन गर्दै समाजले समृद्ध नेपाल बनाउने परिकल्पना गर्दै विभिन्न परोपकारी काम गर्दै आएको बताउदै, कार्यसमितिका सदस्य तथा पार्टीलाई प्रत्यक्ष या अप्रत्यक्ष सहयोग पु-याउनु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिएका थिए | सह-संयोजक सरोज मास्के, कमान सिङ् कर्मा पहाडी शेर्पा, आर्थिक विभागीय प्रमुख कृष्ण गहिरे INS UK संरक्षक धन बहादुर गुरुङ लगयतका पार्टी कमिटीका सदस्यहरुले नयाँ शक्ति पार्टी र INS UK का बारेमा आ-आफ्नो विचार राखेका थिए |
करिबन् ३/३० घण्टा सम्म चलेको कार्यक्रम नबिन गुरुङ् र अन्तरास्ट्रिय नेपाली समाज यूकेका प्रबक्ता जगन कार्कीले सन्चालन गरेका थिए |