हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

यूएईमा २२ औं विश्व आदिवासी दिवस मनाउने अन्तिम तयारी पुरा

uae

 – सनिल घिसिङ तामाङ

नेपाल आदिवासी जनजाति महासंघ यूएईले “आदिवासी जनजातिको शान – स्वाभिमान, आत्मासम्मान र पहिचान” भन्ने मूल मन्त्रका साथ यहि २६ अगस्ट २०१६ का दिन देरा दुबई स्थित काल्टर्न टावर होटेलमा २२औं विश्व आदिवासी दिवसको आयोजना गर्दैछ ।

कार्यक्रम संयोजक सुरेन्द्र थिङका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको बताउनु भएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा ११ जातिय संघ-संस्थाहरूले आ-आफ्नो जातिय परिचय, सांस्कृतिक झाँकी, मौलिक भेष-भूषा, खाना-परिकार, साहित्य तथा पुस्तक, जातिय गरगहना र बाद्दे वादन सामग्रीहरूको प्रदर्शनी र स्थानिय जनजाति कलाकारहरूका तर्फबाट सांस्कृतिक तथा सांगितिक प्रस्तुति रहनेछ । कार्यक्रममा आबद्ध सबै संस्थाका १ पूरूष र १ महिलालाई विभिन्न क्षेत्रमा रहि आफ्नो संगठनको प्रतिनिधित्व गर्दै निरन्तर योगदान पुर्याए बापत महासंघको तर्फबाट सम्मान हुनेछ ।

नेपाल आदिवासी जनजाति महासंघ यूएईमा ११ जातिय संघ-संस्थाहरू आबद्ध छन् । आबद्द संस्थाहरु नेपाल मगर संघ यूएई, तामाङ समाज यूएई, किराँत राई यूएई, तमु समाज यूएई, किराँत याक्थुङ् चुम्लुङ् यूएई, नेवा पुच युएई, शेर्पा किदुक यूएई, प्रवासी थारु समाज यूएई, प्रवासी भुजेल सेवा समाज यूएई, प्रवासी माझी समाज यूएई, सुनुवार सेवा समाज यूएई रहेका छन् । आशा फाउणडेशन नेपाल प्रमुख प्रायोजक र सहप्रायोजकहरूमाअस्टोरिय होटल बरदुबई, हिमालयन वर्लड ट्राभल्स एलएलसी, अहलिया हस्पिटल हम्दान अबुधावी, सञ्जय गार्मेन्टस बरदुबई, जेडिअार रियल स्टेट ब्रोकेरेज, फिस्टेल ट्राभल्स एन्ड टुर्स बरदुबई, नमस्ते ट्राभल्स एन्ड टुरस बरदुबई, एभरेस्ट रेस्टुरेन्ट बरदुबई, सिटिलाइफ ट्राभल्स एन्ड टुरिजम बरदुबई, लाङघाली ट्रस्ट रहेका छन् ।

कार्यक्रमका लागि यूएईको सात वटै राज्यहरू बाट दर्शकहरूका लागि निःशुल्क यातायात सुविधाको व्यवस्था गरिएको छ । कार्यक्रमको प्रवेश पास  तथा यातायात ब्यबस्थापनको सम्बन्धमा महासंघ र महासंघसंग आबद्ध ११ संघ-संस्थाका प्रतिनिधिहरुसंग समन्वय गर्न र यूएईमा कार्यरत नेपालीहरूको उल्लेखनीय उपस्थिति र सहभागिताका साथ कार्यक्रमलाई भव्य सफल बनाउनको लागि संयोजक थिङले आव्हान गर्नु भएको छ ।

uae1






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution