हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

१४ वर्षीया किशोरी ड्राइभरबाट बलात्कृत

 नेपालगन्जः अध्ययनका लागि नेपालगन्जमा बस्दै आएकी एक किशोरीआफ्नै डेराभित्र बलात्कृत भएकी छन् ।

बाँकेको ग्रामिण क्षेत्रमा स्थायी घर भई सदरमुकामस्थित नेपालगन्ज–५ गणेशपुरमा अस्थायी रुपमा बस्दै आएकी १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमकिरण बोगटीका अनुससार जाजरकोट, भेरीमालिका नगरपालिका–८ घर भई हाल गणेशपुरमा डेरा गरी बस्दै आएका गाडी चालक ३० वर्षीय शिव शाहीले किशोरीलाई बलात्कार गरेका हुन् ।

श्रीमती र बालबच्चा सहित गणेशपुरस्थित एक घरमा डेरा लिएर बसेका शाहीले राति किशोरी सुतेको कोठामा प्रवेश गरी बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ । पीडित किशोरी अध्ययनका लागि आफ्ना दाजुभाइसँग डेरामा बस्दै आएकी थिइन् ।

प्रहरीले बालिकालाई लगेर स्वास्थ्य चेकजाँच गराएको छ । स्वास्थ्य जाँचमा पनि किशोरीबलात्कृत भएको पुष्टी भएको छ । बालिकाको स्वास्थ्य सामान्य भएपनि उनी मानसिक तनावमा छिन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले पीडित किशोरीको निवेदन दर्ता गरेको छ । घटनाका अभियुक्त शाही फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘पीडितपक्षको निवेदन दर्ता गरिसकेका छौं,’ बोगटीले भने, ‘अभियुक्तको खोजीकार्य चलिरहेको छ ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution