दुवै मृगौला फेल भएका सुनवहादुर तामाङलाई बचाऔ
नुवाकोट : नुवाकोटको गोस्र्याङ गाविस २ का सुनबहादुर तामाङको दुवै मृगौला फेल भएको छ । आर्थिक अवस्था कम्जोर रहेको तामाङले अहिले जीवन बचाउनका लागि सबैसँग आग्रह गर्दै काठमाडौं पुगेका छन् ।
सदरमुकाम विदुरदेखि २४ किलोमिटर पश्चिममा रहेको गोस्र्याङका २९ वर्षिय तामाङ वैदेशिक रोजगारीको क्रममा गत वैशाखमा कतार पुगेका थिए । तर, एक महिना नपुग्दै जेठमा विरामी भएपछि अस्पताल गएको उनले बताए । कतारस्थित रहेको मेडिकलले स्वास्थ्य परिक्षण गर्दा दुवै मृगौला फेल भएको चिकित्सकले बताएपछि नेपाल फर्किएको तामाङले अन्नपूर्णलाई बताए ।
बाल्यकालमा नै आमाको मृत्यु भएको र अहिले बुबाको पनि मृत्यु भएपछि तामाङलाई जीवन बचाउँन समस्या भएको उनकी श्रीमती निशा तामाङले बताइन् । तामाङको आर्थिक अवस्था कमजोर भएका कारण काठमाडांैमा आफन्तको साहारा लिएर वस्नु परेको उनले गुनासो सुनाईन ।
निशाले भनिन्‘ हामी किसान हौं खेतिपाती गर्छाैं, भूकम्पले घर पनि छैन कसरी बाँच्ने अहिले सानीआमाकोमा शरण लिइरहेका छौं ।’ दुवै मृगौला फेल भएपछि दुई वर्षअघि विवाह गरेकी निशामायाको सपना विपनामा परिणत भएको छ ।
निशाले भनिन् ‘ श्रीमानको उपचारका लागि सबैसँग हात जोडि रहेकोछु । चिकित्सकहरुका अनुसार २५ लाख रुपैँया लाग्छ भनेको छ । कसरी जुटाउँने अहिलेसम्म बैंक खाता पनि छैन । कसरी सहयोग लिने अन्योलमा छु ।’
तामाङलाई आर्थिक अभाव भएपछि हाल नेसनल डायलोसिस प्रालि सामाखुसीमा उपचार भइरहेको छ । उनलाई डायलोसिस कक्षमा राखेर उपचार गरिरहेको उनकी श्रीमती निशाले बताइन् ।
उनको उपचारका लागि अहिले सुस्मिता फाउडेशन नेपालले अभियान संचालन गरेको फाउण्डेशनका अध्यक्ष सुस्मीता थिङले जानकारी दिइन् ।
थप जानकारीको लागि सुनबहादुर तामाङको मोवाइल ९८२३०४५६९९ र सुस्मिता तामाङको ९८०८८२२२२५ नंम्वरमा जानकारी लिन सकिने छ ।