अमेरीकाका राजदूत कार्कीलाई फिर्ता बोलाउने तयारी, श्रीमती मान्छे ओसार पसार गर्ने धन्धामा

काठमाडौं । अमेरिकामा बसेर म्यानपावर व्यवसायको धन्दा चलाउँदै आएका राजदूत डा।अर्जुन कार्कीलाई पनि फिर्ता बोलाउने विषयमा कांग्रेस–माओवादीबीच छलफल भएको छ । कार्कीले एमाले नेता विष्णु पौडेल अर्थमन्त्री भएको बेला दूतावासमा सातवटा दरबन्दी सिर्जना गर्न लगाएर आफन्तहरू लगेको समाचार स्रोतले जनाएको छ । अर्थ मन्त्रालयबाट गएको बजेट आफूले लिने र त्यहाँ सिर्जना गरिएको दरबन्दीका कर्मचारीलाई बाहिर काममा पठाउने गरेको बुझिएको छ ।
त्यसैगरी, उनकी श्रीमतीले सञ्चालन गर्दै आएको ‘आरआरएन’ नामक एनजीओले अमेरिकामा साना तथा घरेलु उद्योग प्रदर्शनीका नाममा करिब डेढ सयजना व्यक्ति अमेरिका लैजाने चाँजोपाँजो मिलाएको थाहा भएको छ । प्रति व्यक्ति सुरुमा पाँच लाख र भिसा लागेपछि १४ लाख रुपैयाँ लिने गरी करिब एक सयजना अमेरिका लैजाने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । इसाई अनुदान सहयोगमा चलेको आरआरएनको वार्षिक बजेट ४० अर्ब रुपैयाँ रहेको समाचार सेतोगुरासमा छ |