तामाङ जातिले मात्रा गरिने भूनसुर पूर्णिमा अथवा शुद्धिकरण पूजा

-आनान्दी लामा तामाङ
जनै पूर्णिमाको रातमा तामाङ लापताब अथवा लाबोन अर्थात तामाङ कुलपुजारीले गरिने शुद्धिकरण पूजालाई भूनसुर पूर्णिमा भनिन्छ। यस पूजामा जनै पूर्णिमाको रातमा तामाङ लाप्ताबहरुले लाधङ्गमा भएका कुल देवताहरू, झोहोधङ्गमा भएका स्थानीय देवीदेवताहरू लगायत मेहेमेधङ्गमा भएका मेहेमे लाप्ताबहरूलाई मूल लापताब लगायत खे ज्ञाता लप्ताबहरुले आफ्नो आद्यात्मिक शक्तिबाट जल देबीको पुकार गरी उक्त जालमा हर्रो बर्रो लगायत अन्य जड़ीबूटी हालेर जल शुद्ध गर्दछ। उक्त जलबाट आकाश, पाताल, पृथ्वी, चार दिशा लगायत स्वयं लापताब र लापताबले प्र्योग गरिने सामग्रीहरू, आँगन, ढोका, कोठा, चोटा सम्पूर्ण पशुधन र पूजामा आएका संपूर्ण तामाङहरुलाई उक्त जलबाट शुद्धिकरण गर्दछ।
यस वर्षमा जान अंजानमा भएका भांगडिप अथवा मानिस र पशुधनको जन्म र मरणबाट भएका अशुद्धिको पनि शुद्धिकरण गरिन्छ। जसमा १0८ थरी का धूपी प्रयोग गरी सांगसी गरिन्छ। जसमा फरक फरक धूपीले फरक फरक सामग्रीको शुद्धिकरण गरिन्छ।
त्यसैगरी वर्षा याममा उत्पादन गरिएका फलफ़ूल मकै, काक्रो ,नासपाती , आरू सबै कुलदेवता , भूमिदेवता र म्हेमे लापताबहरूलाई चढाएर अर्पण गरे पछि प्रसादको रुपमा मकै पोलेर खान्छन्।
लापताबको बिशेषताहरू:
तामाङ लापताबहरू कुलका संरक्षक र वंश विघ्या हुन्।
तामाङ लापताबले गरिने पूजाले तामाङ समाजलाई एकतामा ल्याउँछ ।
तामाङ लापताबले गरिने पूजाबाट तामाङ समाजको सु-स्वाथ्य , दीर्घायु , शुद्धिकरण र संरक्षण गर्दछ।
यो पूजा कुनकुन बेला गरिन्छ :
तामाङहरु ले कुलदेवता स्थापन गर्नु पहिला यस बिधिबाट शुद्धिकरण गरिन्छ।
तामाङ लापताबको मृत्यु पश्च्यात शुद्धिकरण गरिन्छ।
तामाङ लापताबको घेवामा शुद्धिकरण गरिन्छ।
तामाङहरूको नयाँ घर यस बिधिबाट शुद्धिकरण गरिन्छ |
लापताब ले गरिने पूजाहरु यस प्रकार छन :
१. जनै पूर्णिमामा गरिने भूनसुर पूर्णे अथवा शुद्धिकरण पूजा।
२. असोजको सोरह श्राद्धमा गरिने ख़ेप्पा शुङ्ग पूजा।
३. मंसिर पूर्णिमामा गरिने तुच्चे लाहाबा पूजा।
४.जेष्ठ पूर्णिमामा गरिने कुलदेवता स्थापन र क्योन लहब पूजा।
५. थाप प्याङ्गब पूजा अथवा कुलदेवता स्थापन भन्दा अगाडि गरिने पूजा।
६. तामाङ लापताबको मृत्यु पश्चात लासको सिलसी गर्ने र घेवामा शुद्धिकरण गर्ने पूजा।
७ . पासनी , छेवार र बिबाहमा गरिने करस्योल डिंसी पूजा।
प्रस्तुत गरिएको लेख लेखकले स्तानोत्तर तहमा गरिएको शुच्छम अनुसन्धान हो , यसको बृहत्तर अनुसन्धानको आबश्यक छ। यो नै तामाङ्हरुमा भएको एक पहिचान हो। यो अब लोप हुने अवस्थामा रहेको छ । लापताबले गरिने पूजाहरु नै तामाङको मुख्य पहिचान हो। त्यसकारण सबै तामाङ आपा , आमा , महेमे ,माम ,झोझ्यो , आले ,नाना , आङ, आनी ,आस्याङ ,आंसू ,आपाथेपा , आमाथेपा, सबैले यस तामाङ पहिचानलाई आफ्नो सन्तानलाई पढ़ि सुनाउनुहोला भनि म एक लापताबको छोरीको अनुनय बिन्ति छ। सके सम्म सबै तामाङहरू र तामाङ संघसंस्थामा शेयर र कमेंट गरी दिनुहोला । बांकी लेखहरू समय सापेक्षा प्रस्तुत गरिने छ।
थप जानकारीको लागि संपर्क
[email protected]