हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

मुटुरोग सम्बन्धी व्यापक जनचेतना जगाउन आवश्यक

भक्तपुर, ४ भदौ – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले विश्वमै अहिले सर्ने रोगभन्दा नसर्ने रोगले महामारी फैलिरहेको बताउनुभएको छ । नागरिक सचेतना केन्द्र मध्यपुरथिमिको आयोजना तथा नवछात्रोदय पुस्तकालय र जागृति महिला समूहको सह–आयोजनामा मध्यपुरथिमिमा आज सम्पन्न मुटुरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले नसर्ने रोगमध्ये मुटुरोग, मधुमेह, हृदयघात, क्यान्सर, मष्तिस्कघात लगायतका रोग अहिले विश्वमै प्राणघातक रोगका रुपमा विकराल हुँदै गइरहेकाले यसलाई न्यूनीकरण गर्न जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमै दिनानुदिन मुटु रोगका बिरामी बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै डा. रेग्मीले चिल्लो खानेकुरा, बजारमा जथाभावी बिक्री वितरण भइरहेका अस्वस्थकर खानेकुरा, अत्यधिक माशु भोजन, शारीरिक व्यायामको कमी, चिन्ता, मद्यपान र धूमपानका कारण मुटुका बिरामीको सङ्ख्या बढ्दै गइरहेको बताउनुभयो । उहाँले मानिसको सानो लापर्बाहीले गर्दा मुटुरोगका बिरामी समयमै अस्पताल नपुगेका कारण बाटोमै अकालमा मृत्यु हुने गरेको बताउँदै नेपालीमा अझै पनि मुटुरोगसम्बन्धी आवश्यक ज्ञान नभएको उल्लेख गर्नु भयो । डा रेग्मीले मुटुरोगसम्बन्धी व्यापक जनचेतना जगाउनसके अकालमा मृत्यु हुनेबाट जोगाउन सकिनेमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवछात्रोदय पुस्तकालका अध्यक्ष प्रदीप श्रेष्ठले मुलुकमा मुटुरोगका बिरामी बढिरहेका अवस्थामा उक्त रोगसम्बन्धी व्यापक जानकारी दिई मुटु रोगका बिरामीलाई मद्दत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाको सहयोगमा युवा क्रियाकलाप समाज (सोया)द्वारा सञ्चालित सामाजिक परिचालन कार्यक्रमअन्तर्गत आयोजित उक्त एकदिने जनचेतनामूलक कार्यक्रममा स्थानीय ८० जनाको सहभागिता रहेको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution