१५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पेट्रोल पम्पका प्रवन्धक पक्राउ

काठमाडौं ४ भदौ– १५ वर्षिया बालिका करणीको आरोपमा भैरहवा पेट्रोल पम्पका प्रवन्धक पक्राउ परेका छन् । रुपन्देही प्रहरीका एसपी बुद्धीराज गुरुङले जनाएअनुसार १५ वर्षीया बालिकामाथि करणीको प्रयास हल्लापछि स्थानीयले प्रवन्धक चित्तरञ्जन दासलाई स्थानीयले कुटपिट समेत गरेका थिए ।
स्थानीयले उक्त विषयमा उजुरी दिएपछि पक्राउ गरिएको रुपन्देही एसपी बुद्धिराज गुरुङले जानकारी दिए |