जापानमा २२ औ विश्व आदिवासी दिवस भव्यताको साथ सम्पन्न

जापानमा २२ औ विश्व आदिवासी दिवस भव्यताको साथ सम्पन्न भयो । नेपाल जनजाती महासंघको आयोजनामा टोयोटा सिटीको समुदायिक भवनको सेतो हलमा बुधबार सम्पन्न भएको थियो ।
महासंघको सहअध्यक्ष कान्छा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न एकल जातिय संघसंस्थाको प्रतिनिधीहरुले आ-आफ्नो मन्तव्यहरु राखेका थिए। स्वागत मन्तव्य महासंघका उपाध्यक्ष उज्वल थेवेले राखेका थिए । पहिचान सहितको संघियता , संघियता सहितको संविधान नै अधिकांश बक्ताहरुको बहसको बिषय थियो ।
कार्यक्रमको संचालन महासंघका सचिव जाङ्मो शेर्पा र प्रवक्ता पाशाङ शेर्पाले गर्नु भएको थियो । कार्यक्रममा शेर्पा समाजले आफ्नै संस्कार र परम्परा झल्कने नाच र बिभिन्न स्थानिय कलाकारहरुले संगितिक प्रस्तुति राखेर मनोरञ्जन दिएका थिए | @ डिसीनेपाल