नेपाली संघिय समाज इजरायलको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सुन्दर सिंह लामा तामाङ

नेपाली संघिय समाज इजरायलको दोस्रो अधिवेशन १२ अगस्ट २०१६ (शुक्रबार) साँझ तेलअविव स्थित लेवेन्सकी ९९ मा रहेको हलमा पार्टीको अध्यक्ष छिरीङ शेर्पाको सभापतित्व ,नेपालबाट आमन्त्रित पुर्व माननीय मन्त्री तथा संघिय समाजवादी पार्टी फोरमका बरिष्ठ नेता अशोक कुमार राईको प्रमुख आथित्य र संघिय समाजवादी पार्टी फोरमका ताम्सालिङ प्रदेशका इन्चार्ज पुर्व महामहिम राजदुत तथा पार्टीका केन्द्रिय सदस्य डा. गणेश योन्जन बिशिष्ट अतिथी , नेपाली संघिय समाज इजरायलका संस्थापक संयोजक सुन्दर सिंह लामा तामाङ , एनआर एनए इजरायलकाअध्यक्ष दिपक वली , नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष निर्मला गुरुङ बिशेष अतिथीका रुपमा उपस्थित थिए | यसैगरी इजरायल स्थित राजनीतिक ,सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिका साथमा अनलाइन मिडियाकर्मीहरुको उपस्थित समेत रहेको थियो |
सभापति, प्रमुख अतिथी , बिशिष्ट अतिथीहरुबाट संयुक्त रुपमा उद्घाटन भएको कार्यक्रमका प्रमुख अतिथि अशोक राई ,विशिष्ट अतिथि गणेश योन्जनले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो |
सभापति छिरीङ शेर्पाले औपचारिक कार्यक्रमको समापन लगतै प्रमुख अतिथि बरिष्ठ नेता अशोक राईको संयोजकमा भएको दोश्रो अधिवेशनबाट सुन्दरसिंह लामा तामाङको नेतृत्वमा २१ जनाको नयाँ कार्यसमिति र ३ सदस्यीय सल्लाहकार सहित गरिएको थियो |
नवनिर्वाचित सम्पुर्ण कार्यसमितीका सदस्यहरुलाई संयोजक अशोक राईले कार्यकाल सफलताको शुभकामना सहित सपथ ग्रहण गरिएको थियो | नव निर्वाचित कार्यसमितिका कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई अन्तराष्ट्रिय नेपाली समाज ,इजरायल (नयाँ शक्ति नेपाल) का संयोजक बी बी लामा तामाङले हार्दिक बधाईका साथमा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो |
नव निर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु
अध्यक्ष:-सुन्दरसिहं लामा तामाङ (नेपाल आदिवासी जनजाती महासंघ,इजरायलका संस्थापक महासचिव /पुर्व अध्यक्ष/ पुर्व प्रमुख सल्हाकार एवं वर्तमान संरक्षक तथा नेपाली संङ्घीय समाज,इजरायलका संस्थापक संयोजक (रामेछाप)
प्रथम उपाध्यक्ष:-लिला थापा मगर (नेपाली संङघीय समाज,इजरायलका संस्थापक कोषअध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको पुर्व कार्याकारिणी सदस्य साथै नेपाल मगर संघ इजरायलका उपादक्ष्य (धादिङ )
द्धितीय उपाध्यक्ष:-बाल कुमार राई (किराँत राई यायोक्खा नेपालका अध्यक्ष तथा एन आर एन ए इजरायलका यूवा प्रतिनिधि (भोजपुर)
तृतीय उपाध्यक्ष:-दावा छिरिङ शेर्पा (शेर्पा संघ इजरायलका अध्यक्ष तथा नेआज महासंघका सल्हाकार ) दोलखा
महासचिव:-पासाङ शेर्पा (शेर्पा संघ इजरायलका पुर्व उपाध्यक्ष तथा सल्हाकार (दोलखा)
सचिव :-अनिला मोक्तान (नेपाल तामाङ घेदुङ इजरायलका अनुशासन उप-विभाग प्रमुख) रामेछाप
प्रवक्ता:-गजेन्द्र राई (नेपाली संङ्घीय समाज,इजरायलका संस्थापक सदस्य) उदयपुर
कोषाध्यक्ष:-दिप राई (किराँत राई यायोक्खा नेपालका बरिस्ठ उपाध्यक्ष) खोटाङ
सह-कोषअध्यक्ष:-फुर्पा शेर्पा (शेर्पा संघ इजरायलका पुर्व उपाध्यक्ष) दोलखा
सदस्यहरु :-
सदस्य:-कल्पना मोक्तान तामाङ् (नेपाल तामाङ घेदुङ,इजरायलका अध्यक्ष) रामेछाप
सदस्य:-लक्ष्मी योन्जन तामाङ(नेपाल तामाङ घेदुङ इजरायल प्रवास शाखा बाट केन्द्रिय घेदुङ्को महिला केन्द्रिय सदस्य तथा नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको तृतीय उपाध्यक्ष (रामेछाप)
सदस्य :-निमा शेर्पा
सदस्य:-अनिल राई (किराँत राई यायोख्खाका कार्यकारिणी सदस्य)भोजपुर
सदस्य:-छोङ्बा शेर्पा (नेपाली कलाकार तथा पहिलो पप गायक शेर्पा समुदायको) सोलुखुम्बु |
सदस्य:उमा राई (ओखलढुंगा)
सदस्य:-आङछिरिङ शेर्पा ( नेपाल अदिवासी जनजाती महासंघ,इजरायलका कोषअध्यक्ष ) दोलखा
सदस्य:-दिनेश मोक्तान तामाङ(नेपाल तामाङ घेदुङ इजरायलको संगठन उप-विभाग) मकवानपुर
सदस्य:-छिरिङमा शेर्पा ( दोलखा )
सदस्य:-ल कुमारी गुरुङ(चितवान)
सदस्य:-दोर्जे शेर्पा (दोलखा)
सदस्य:-मिना योन्जन घले ( नुवाकोट )
सल्लाहकार समिति :
१. छिरिङ लामा शेर्पा (संस्थापक सदस्य नेपाली संङघीय समाज,इजरायल एवं निवर्तमान अध्यक्ष तथा एन आर एन ए इजरायलका उपाध्यक्ष शेर्पा संघ,इजरायलका पुर्व अध्यक्ष्) रामेछाप
२.सुभास राई ( नेपाली आदिवासी जनजाती महासंघ,इजरायलका पुर्व अध्यक्ष)
३.डोमा शेर्पा (पुर्व अध्यक्ष् नेपाल अदिवासी जनजाती महांसघका अध्यक्षका पुर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्ह्कार ) दोलखा