लोकसेवा तयारी कक्षा निःशुल्कमा अध्ययन गर्न आदिवासी जनजातीहरुलाई आवेदन आव्हान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेलले आदिवासी जनजातिहरूको निम्ति काठमाडौं उपत्यकामा शाखा अधिकृत -प्रारम्भिक र मूल परिक्षा दुवै) र ना.सु. तहको निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने गरी इच्छुक आदिवासी जनजाति उम्मेद्वारहरूबाट मिति २०७३ भाद्र १७ गतेभित्र निवेदन पेश गर्न आव्हान गरेको छ ।
निवेदनको साथमा पेश गर्नुपर्ने कागजपत्रहरु निम्न वमोजिम पेश गर्न सूचना समेत जारी गरेको छ ।
१. सहभागिताको लागि उम्मेदवारको उमेर पुरुषको ३५ वर्ष र महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
२. शैक्षिक योग्यताको प्रमाणपत्र -शा.अ.- स्नातक तह र ना.सु.- प्रविणता प्रमाणपत्र तह/*२), आ.ज.सिफारिस प्रमाणपत्र र नागरिकताको प्रतिलिपी निवेदनको साथमा अनिवार्य पेश गर्नु पर्नेछ ।
३. ना.सु. र शाखा अधिकृत तयारी कक्षाको उम्मेद्वार छनौट गर्न क्रमशः मिति २०७३ भाद्र २५ गते शनिबार प्रतिष्ठानले तोकेको स्थानमा विहान ११ः०० वजेदेखि लिखित परिक्षा – दुबै तहको निम्ति) हुनेछ ।
४. रित नपुगेका निवेदनहरू छनौटका निम्ति कारवाही नहुने र परिक्षा हुने स्थान, छनौट भएका प्रशिक्षार्थीहरूको नतिजाको निम्ति वा मिति सर्न सक्ने सम्भावनाका निम्ति प्रतिष्ठानको सूचनापाटी र प्रतिष्ठानको वेभ्साइटमा हेर्नुपर्नेछ ।
५. निवेदन दर्ता शूल्क रु. १००/- (अक्षरेपी एक सय रुपैया मात्र फिर्ता नहुने गरी) लाग्नेछ ।
विस्तृत जानकारीका लागि ;
नेपाल सरकार
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
लगनखेल, ललितपुर । फोन नं. ५५५४३४६, ५५३६०५८
राम मादेन -शाखा अधिकृत) ः ९८४१३३९७८९