हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

युवाको रोजाइमा परेको ‘डटबाइक’ चढ्ने होइन त …..मुल्य सुची सहित

hartford-vr-150-h
युवा उद्यमी सौरभ ज्योति डटबाइक चढेर डाँडाकाँडा चहार्छन् । कहिले उनी प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ पुगेका हुन्छन्, कहिले काठमाडौं नजिकैको शिवपुरी डाँडातिर भेटिन्छन् । डटबाइकमा ‘एडभेञ्चर टुर’ गर्नु उनको शौख हो । उनी आफै पनि होण्डाको डटबाइक बिक्रेता हुन् ।
रातोपुलका समिर खनाल स्कुल पढ्दादेखि स्पोर्टस् च्यानलमा डटबाइक कुदाएको हेर्थे । त्यहीबेला हो, उनमा डटबाइक चढ्ने रहर जागेको । खनालको रहर ‘ब्याचलर’ पढ्दामात्र पुरा भयो । झण्डै ६ लाख हालेर किनेको डटबाइकमा उनी पनि साथीसँग पहाड चढ्छन् ।

ज्योति र खनालजस्तै डटबाइकका शौखिन युवाहरु धेरै छन् । डटबाइकलाई आफ्नो ‘ड्रिम्स’ बनाउने युवाको जमात बढेको छ । साधारण बाइकको तुलनामा केही महंगो भएपनि डटबाइकको माग उच्च छ । नेपालमा झण्डै एक दर्जन कम्पनीले डटबाइक बिक्री गर्छन् ।खासगरी डटबाइक अफरोड (कच्ची सडक) मा चलाउने बाइक हो । तर पनि शहरी युवाहरु नै डटबाइकमा बढी क्रेजी देखिन्छन् । अफरोडमा एनजिओ, आइएनजिओ, हाइड्रो र अन्य प्रोजेक्टका कर्मचारीहरु चढ्छन् । पछिल्लो समय नेपालमा डटबाइक चढ्ने ट्रेन्ड बढेर गएको छ ।

नेपालमा आधा दर्जन कम्पनीले फुल डटबाइक बिक्री गर्छन् । कतिपय कम्पनीले ट्रायल (मिनी) डटबाइक बिक्री गर्छन् । ट्रायल डटबाइक अनरोड र अफरोड दुबै ठाउँमा चलाउन मिल्छ । यी बाइकको मूल्य न्यूनतम पौने ४ लाखदेखि १० लाख रुपैयाँसम्म पर्छ ।

नेपालमा आधिकारिक रुपमा डटबाइक भित्रिएको सन् १९८२ मा हो । त्यो समयमा जापनीज कम्पनी होण्डाको एक्सएल १२५, एक्सएल १८५ बाइक बिक्री गरेको ज्योति सम्झन्छन् । डटबाइकको बजार बढ्दै गएपछि नयाँ-नयाँ कम्पनी भित्रिने क्रम बढेको छ ।

नेपाली सडकमा क्रस फायर, रेंजु, हार्टफोर्ड, होण्डा, बिएसई, क्रस एक्स, युएम, डुकाटी, बिएमडब्लु, हुसाङ, सुजुकी कम्पनीका डटबाइक कुद्छन् । नेपालमा डट बाइकको क्रेज बढेकै कारण यति धेरै कम्पनी भित्रिएका हुन्’ बिएसई बाइकका मार्केटिङ म्यानेजर सुदीपराज दली भन्छन् । नेपालमा प्रायः चीनमा एसेम्बल गरेका डटबाइक भित्रिन्छन् ।

‘भारतमा साधारण बाइकमात्र बन्छन्, डटबाइक बनाउँदैनन्, चीन तथा अन्य मुलुकबाट डटबाइक ल्याउनुपर्छ’ ज्योतिले भने– ‘त्यही भएर पनि साधारण बाइकको तुलनामा डटबाइक अलि महंगो पर्न गएका हुन् ।’

चर्को ‘पटटट’ आवाज आउने आकर्षक डिजाइनको डटबाइक चलाउँदा सबैको ध्यान खिचिन्छ । युवाहरु आफुलाई अरुभन्दा फरक देखाउन चाहान्छन् । आफ्नी प्रेमीकाका अगाडि अब्बल देखिन खोज्छन् । डटबाइक चढ्दा त्यसले छुट्टै पहिचान दिने युवाहरुको विश्वास छ ।
राजधानीदेखि जुम्ला, मुस्ताङ, रसुवासम्म डटबाइक कुद्छन् । डटबाइक शहरमा भन्दा अफरोड भएको ठाउँमा बढी बिक्री हुने व्यवसायीको भनाई छ । एनजिओ, आइएनजीओ, प्रोजेक्टहरुले एकै लटमा १२÷१५ वटासम्म बाइक खरिद गर्छन् । अफरोडमा काम गर्नुपर्ने भएकाले उनीहरुको रोजाईमा डटबाइक परेका हुन् ।

‘बाटोको अवस्था राम्रो नभएका ठाउँमा डटबाइक किन्छन्, शहरमा शौखिन युवाहरुले किन्छन्’ ज्योतिले भने- ‘अहिले काठमाडौं नजिक धेरै अफरोड ट्रयाक खुलेका छन्, युवाहरु शिवपुरी, फुलचोकी, नगरकोट लगायतका डाँडामा पुग्छन् ।’

यी बाइकले एडभेञ्चर टुरिजमको समेत विकास गरेको छ । टुर्स एन्ड ट्राभल कम्पनीले डटबाइक किनेर विदेशीलाई भाडामा दिने, डाँडाकाँडमा बाइकिङ स्पोर्टस् गराउँदै आएका छन् । शहरी युवाहरुले व्यस्त सडकमा पनि डटबाइक कुदाएको प्रशस्तै देखिन्छ ।

‘शहरी युवाहरुले शौखका लागि डटबाइक खरिद गर्छन्’ क्लासिक टेकका प्रबन्ध निर्देशक दोर्जे वाङचुकले भने- ‘बाहिर फिल्डमा काम गर्नेहरुका लागि अफरोड बाइक आवश्यकता हो ।’ नेपालमा वार्षिक १५ सय थान डटबाइक बिक्री हुने गरेको ज्योतिको भनाई छ ।

डटबाइकका फिचर

डटबाइक खाल्डाखुल्डी सडकमा पनि सहजै कुद्न सक्छ । यी बाइकको डिजाइन, प्रविधि र मेट्रियल्स अफरोडमा चलाउन मिल्ने गरी बनाइने क्लासिक टेकका प्रबन्ध निर्देशक दोर्जे वाङचुक बताउँछन् ।

झट्ट हेर्दा हेभी देखिने डटबाइक हलुका हुन्छन् । डटबाइक १०० देखि १३० किलो तौलसम्मका हुने रेँजुका बिक्रेता अमित प्रजापतीले जानकारी दिए । यी बाइकहरु आल्मुनिमय र फाइबर प्रयोग गरी बनाइन्छ । तौल कम गराउन सानो इन्धन ट्यांकी राखिएको हुन्छ । बाइकमा प्रयोग गरिएको ‘सक’ निकै फेलेक्जिवल हुन्छ ।

यस्ता छन् डटबाइक

होण्डाको नेपाली बिक्रेता स्याकार ट्रेडिङले अहिले एक्सआर १५० एल र सिआरएफ २५० एल मोडल बिक्री गरिरहेको छ । एक्सआर ट्रायल डटबाइक हो । यसको मूल्य ४ लाख ८० हजार रहेको छ । यो बाइक चीनबाट आउँछ । सिआरएफको मूल्य ९ लाख ९० हजार रहेको छ । यो होण्डाको फुल डटबाइक हो । यो थाइल्यान्डबाट नेपाल आउँछ ।

नेपालमा हार्टफोर्डको भिआर बिक्री सुरु भएको २०५६ सालदेखि हो । अहिलेसम्म नेपालमा भिआर २५ हजार थान बिक्री भइसकेको कम्पनीको दाबी छ । अहिले भिआर १२५ सिसी इञ्जिनमा उपलब्ध छ । छिट्टै २२३ सिसीको भिआर आउन लागेको कम्पनीले बतायो ।
भिआर १५० सीसीको मूल्य ३ लाख ७२ हजार पर्छ । नयाँ भित्रिने भिआर २२३ सीसीको मूल्य ४ लाख ८५ हजार पर्ने अन’मान छ । भीआरको उचाई ८६० मिलिमिटर रहेको छ । यसको उचाई ५० मिलिमिटरसम्म घटाउन सकिन्छ ।

अमेरिकन ब्रान्ड युएमले दुई मोडलमा ट्रायल डटबाइक बिक्री गर्छ । नेपाल भित्रिएको १ वर्षको अवधिमा ३ सय थान बिक्री भइसकेको आइएमई अटोमोटिभ्सको दाबी छ । युएम २०० सीसीको मूल्य ३ लाख ७० हजार र २२३ सीसीको ३ लाख ९९ हजार मूल्य रहेको छ ।
क्रसफायर अष्ट्रेलियन ब्रन्ड हो । नेपालमा भने चीनबाट आउँछ । नेपालमा क्रसफायर २५० र ४५० सीसी गरी दुईवटा मोडलमा उपलब्ध छ । २५० सीसीको मूल्य ६ लाख १० हजार रहेको छ । ४५० सीसीको मूल्य ९ देखि सवा ९ लाखसम्म पर्छ ।

नेपालमा इटालियन ब्रान्डको बिएसई डटबाइक पनि उपलब्ध छ । यसका १५० र २३० सीसी गरी दुई मोडल छन् । १५० सीसीको मूल्य ३ लाख २५ हजार रहेको छ । २३० सीसीको मूल्य ४ लाख २५ हजार रहेको छ । बिएसई नेपालमा ३ वर्षअघि भित्रिएको हो ।

नेपालमा स्पेनिस ब्रान्ड रेंजु भित्रिएको ८ वर्ष भइसकेको छ । नेपालमा रेंजु हिमालय टुर्स एन्ड ट्रान्सले बिक्री गर्छ । १८५ सीसीको म्याराथनको मूल्य ५ लाख ८० हजार र २५० सीसी ट्यांगोको मूल्य ४ लाख ५० हजार रहेको छ ।

यसको अलवा क्रस एक्स, डुकाटी लगायतले पनि नेपालमा डटबाइक बिक्री गर्छन् । डुकाटी अलि महंगो छ । यस्तै, गएको वर्ष नेपालमा बिएमडब्लुको दुईवटा मोडल भित्रिएका छन् । यसको मूल्य २१ लाख रुपैयाँ परेको पर्यटन व्यवसायी सुमन पाँडेले बताए ।

भिआर

इञ्जिनः १५० सीसी, मूल्यः ३ लाख ७२ हजार
इञ्जिनः २२३ सीसी, मूल्य ४ लाख ८५ हजार

युएम

इञ्जिनः २०० सीसी, मूल्यः ३ लाख ७० हजार
इञ्जिनः २२३ सीसी, मूल्यः ३ लाख ९९ हजार

होण्डा

सिआरएफ- इञ्जिनः २५० सीसी, मूल्यः ९ लाख ९० हजार

क्रस फायर

इञ्जिनः २२० सीसी, मूल्यः ६ लाख १० हजार
इञ्जिनः ४५० सीसी, मूल्यः सवा ९ लाख

बिएसई

इञ्जिनः १५० सीसी, मूल्यः ३ लाख २५ हजार
इञ्जिन ः २३० सीसी, मूल्यः ४ लाख २५ हजार

रेंजु

रेंजु म्यराथन
इञ्जिनः१८५ सीसी, मूल्यः ५ लाख ८० हजार

रेंजु ट्यांगो
इञ्जिनः २५० सीसी, मूल्यः ४ लाख ५० हजार

@ अन्नपुर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution