हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष द्वारा धन्यवाद व्यक्त

j8

नेपाल आदिवासी जनजाती महासंघ इजरायल द्वारा  आयोजित  २२  औ  बिश्व आदिवासी दिवस कार्यक्रमलाई  सफल बनाउन आ-आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने संघसंस्था,महानुभावहरु र अनलाइन मिडियाहरुलाई  सम्बोधन गर्दै  संस्थाकी अध्यक्ष निर्मला गुरुङले नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सामाजिक संजाल फेसबुक मार्फत सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ | पूर्ण अंश :

छयजोलो ,संघिय न्यानो अभिवादन !

२२ औ विश्व आदिवासी दिवसलाई सम्बोधन गर्नको निमित्त महासंघको निमन्त्रणालाई  स्वीकार गरि आफ्नो अमुल्य समयलाई थाती राखी नेपालबाट आमन्त्रित हुनुभएका प्रमुख अतिथि संघिय समाजबादी फोरमका बरिस्ठ नेता श्री अशोक राइ ज्यु र विशिष्ट अतिथि जापानका लागी भुतपुर्व महामहिम राजदुत तथा पहिचानवादी बक्ता डा.गणेश योञ्जन तामांग ज्युलाई महासंघको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक आभार सहित धन्यबाद ज्ञापन गर्दछु | यहाहरुले आदिवासी जनजातिहरुको पहिचान ,हक अधिकार प्राप्तिको लागि जुन उदेश्यहरु लिएर र हिडिरहनु भएको छ सोहि उदेश्य प्राप्तिको लागि हाम्रो साथ र सहयोग सधै रहिरहनेछ | वहाँहरुको आवतजावत हवाई टिकटको व्यवस्था किराँत राई यायोक्खा नेपाल इजरायल र नेपाल तामाङ घेदुङ इजरायलको तर्फबाट व्यवस्था गर्नु भएको हुदा दुवै संस्थाहरुलाई  पनि महासंघको तर्फबाट हार्दिक हार्दिक धन्यबाद ज्ञापन गर्दछौ |

नेपालबाट आमन्त्रित दुवै अतिथि ज्युहरुको लागि आवश्यक कागजातहरुको व्यवस्था गरिदिनु भएकोमा र नेपालबाट पाल्नु भएका अतिथिहरुलाई  यातायातको निमित्त गाडीको गाडीको व्यवस्था गरिदिनु भएकोमा साथै हाम्रो निमन्त्रणालाई  स्वीकार गरि यहाँसम्म उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनु भएकोमा नेपाली राजदुतावास इजरायलका कावा महामहिम राजदुत रामेश्वर पौड्याल र  राजदुतावास परिवारलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौ |

कार्यक्रमलाई प्रचार प्रसार गर्न ,ब्यवस्थापन गर्न ,सरल ,सहज र सौहार्दपूर्ण वातवरण सिर्जना गर्नको लागि हरघडी खटिरहनु भएका ,कार्यक्रम संयोजक  ,सांस्कृतिक  कार्यक्रमका संयोजक  ,आर्थिक संयोजक , महिला तथा पुरुष स्वयं सेवक  ,सम्पूर्ण सहयोगी स्वयंसेवकहरुलाई पनि हार्दिक हार्दिक धन्यबाद व्यक्त गर्दछु|

j9

जातीय संघ संस्थाहरुबाट आ-आफ्नो समुदायको भाषा ,भेषभुषा , संस्कृति ,कला र पहिचान झल्काउने नृत्यहरु प्रदर्शन गरेर कार्यक्रमलाई मनोरंजनात्मंक र सन्देशमुलक बनाइदिनु भएकोमा सम्पूर्ण कलाकार मित्रहरुलाई पनि हार्दिक धन्यबाद व्यक्त गर्दछु |ने.आ .ज .महासंघको हरेक क्रियाकलापहरुलाई मिडिया मार्फत सूचना मार्फत ,समाचार मार्फत प्रचार प्रसार गर्नको लागि अहोरात्र खटिरहनु अनलाइन मिडियाहरुका सम्पादकहरु तथा मिडियाकर्मीहरुलाई पनि हार्दिक धन्यबाद ज्ञापन गर्दछु |

२२ औ विश्व आदिवासी दिवसलाई सफल पार्नको निमित्त आ-आफ्नो ठाउँबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्दै आउनु भएका संस्थापकहरु, संरक्षक ,प्रमुख सल्लाहकार ,सल्लाहकारहरु ,महासंघका भू ,पु तथा वर्तमान पदाधिकारीहरु र महासंघ आवद्द जातीय संघ संस्थाका अध्यक्षहरु सम्पूर्णलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु |रोजगारीको शिलशिलामा यहाको नीतिनियम र बिदाको समय अनुकुल मिलाएर आजको यस कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्ण इजरायलबासी दाजुभाई तथा दिदीबहिनीहरुलाइ नेपाल आदिबासी जनजाती महासंघ इजरायलको तर्फबाट हार्दिक धन्यबाद सहित आभार ब्यक्त गर्दछौ |

अन्त्यमा २२ औ विश्व आदिवासी दिवस कार्यक्रमलाई अनुशासित भएर सुचारुरुपमा संचालन गरिदिनु भएकोमा कार्यक्रम संचालिका बबिना राई र कार्यक्रम संचालक नयन इम्सोंग लिम्बु ज्युहलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु | कार्यक्रममा कुनै भुल गल्ति हुन गएमा महासंघ क्षमा माग्दै यहाँहरुको साथ सल्लाह र सुझाबको सधै अपेक्षा गर्दछ | न्यानो अभिबादन !

निर्मला गुरुङ
(अध्यक्ष)
नेपाल आदिवासी जनजाती महासंघ इजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution