एनआरएनएन इजरायल द्वारा हेल्थ इन्स्युरेन्स बनाउन सहकार्य गर्ने

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल द्वारा इजरायलमा भिषा सकेर हेल्थ इन्स्युरेन्स अर्थात् स्वास्थ्य विमा नभएकाहरुको लागि संस्थाको सहकार्यमा स्वास्थ्य विमाको प्रक्रिया बढाउने भएको छ | यसरी प्रक्रिया गर्दा लाग्ने शुल्क सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने संस्थाले जनाएको छ |
इजरायलमा बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु स्वास्थ बिमा सम्बन्धमा सचेत हुन हार्दिक अनुरोध गर्नु हुँदै स्वास्थ्य बिमा गर्न इच्छुक महानुभावहरुलाई आउँदो सेप्टेम्बर १० तारिख पछाडी सचिवालयमा सम्पर्क गर्न हुन सबैमा अनुरोध गरेको छ | राहदानीको प्रतिलिपी सहित उपस्थित हुनुपर्ने एनआरएनएन इजरायलले फेसबुक मार्फत जानकारी दिएको छ |