हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

मातृभूमिका लागि युवा अभियान समुह ६ बुँदे सहमतिका साथ नयाँ शक्तिमा प्रवेश

abhiyan

काठमाडौं— थाइल्यान्ड बसेर व्यवसाय गर्दै आएका सुनिल खड्काको समूह डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल प्रवेश गरेको छ। खड्काले नेपालमा मातृभूमिका लागि युवा अभियान सञ्चालन गर्दै आएका थिए।राष्ट्रवादी अभियान चलाइरहेको उनको समूह बिहीबारदेखि विधिवत रुपमा नयाँ शक्तिमा विलिन भएको हो।

दुवै पक्षबीच भएको ६ बुँदे सहमतिमा विशाल युवा समारोह आयोजना गरी पार्टी समायोजन प्रक्रियालाई उत्सवको रुपमा सम्पन्न गर्ने जनाइएको छ। कार्यविभाजन तथा जिम्मेवारी सहमतिका आधारमा पछि तोकिने जनाइएको छ।

यस्तो छ दुई पक्षबीच भएको सहमतिपत्र:

आज मिति २०७३ साल भाद्र २ गतेका दिन मातृभुमिका निम्ति युवा अभियान नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी समायोजन गर्ने सम्वन्धमा निम्न विषयमा सहमति भएको छ ।

१. नयाँ शक्ति पार्टी नेपालले अवलम्वन गरि आएको मूल राजनैतिक मान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै तथा अवको निकास आर्थिक विकास भन्ने नारामा पुर्ण रुपमा सहमत हुँदै मातृभुमिका निम्ति युवा अभियान नयाँ शक्ति पार्टी नेपालमा आवद्ध हुने निर्णयमा पुगेको छ । मातृभुमिका निम्ति युवा अभियान नेपालले अवलम्वन गरेको राष्ट्रिय सम्मृद्धिकालागि युवा एकता र सम्मृद्ध नेपालको प्रतिवद्धताको सह्राना गर्दै नयाँ शक्ति पार्टी नेपाल उक्त ध्रुविकरणको प्रक्रियालाई हार्दिक स्वागत गर्दछ ।

२. नेपालको संविधानद्वारा घोषित प्राप्त उपलव्धी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी एवं सहभागितामुलक लोकतन्त्रप्रतिको प्रतिवद्धतालाई आत्मसात गर्दै नेपाली समाजको आर्थिक सम्वृद्धि नेपाली जनताको सुख र खुशी प्राप्ती प्रवद्र्धन र सम्वर्धन गर्ने कुरामा सहमत हुदै नयाँ शक्ति पार्टी नेपाललाई अघि वढाउन सहमत भएका छौं ।

३. नयाँ शक्ति पार्टी नेपालले अघि सारेको पाँच स (सम्मृद्धि, समावेशिता, स्वाधिनता, सार्वभौमिकता र समुन्नत समाजवाद) पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्दै यसै दायराभित्र विचार र दर्शनलाई सम्मृद्ध वनाउने दिशामा अघि वढन सहमत भएका छौ ।

४. नयाँ शक्ति पार्टी नेपाल र मातृभुमिकालागि युवा अभियान विच आपसी सहमतिमा तिथि मिति तोकी विशाल युवा समारोहको आयोजना गरी पार्टी ध्रुविकारण र समायोजनको प्रकृयालाई देश विदेशमा समेत रहेका युवाहरुको सहभागिता समेतमा एक उत्सवका रुपमा सम्पन्न गरिने छ ।

५. नयाँ शक्ति पार्टी नेपाल र मातृभुमिकालागि युवा अभियान वीचको आपसी सहमतिमा कार्यविभाजन तथा जिम्मेवारी वाडफाड गरिनेछ ।

६. आजकै मितिदेखि मातृभुमिकालागि युवा अभियान नेपाल नयाँ शक्ति पार्टी नेपालमा समाहित भएको घोषणा गर्न सहमत भएका छौ । साथै देश र विदेशमा रहेका सवै सम्वद्ध समितिहरुलाई एकापसमा समायोजन हुन पनि यसै सहमति मार्फत विशेष आग्रह गर्न सहमत भएका छौं ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution