हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सर्वोच्च अदालतले सिफारिस १४ राजदूतको नाम फिर्ता सम्बन्धि अन्तरिम आदेश जारी, लिखित कारण माग

काठमाडौं—प्रस्तावित १४ राजदूतको नाम सुनुवाई प्रक्रियाबाटैं फिर्ता लिने सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार सरकार उक्त निर्णयमाथि परेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीस सुशील कार्कीको एकल इजलासले यस्तो निर्णय गरेको छ ।

साथै, सर्वोच्चले सरकारलाई राजदूतको नाम फिर्ता लिनुको कारणबारे लिखित जवाफ पनि माग गरेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले राजनीतिक भागबण्डाका आधारमा सिफारिस गरेका १४ राजदूत प्रचण्ड नेतृत्वको सरकार निर्माण भएसँगै फिर्ता लिएको थियो ।

गत बैशाखमा ओली सरकारले राजनीतिक पृष्ठभूमीका १४ र परराष्ट्र सेवाका ८ सहित २२ राजदूत विभिन्न देशका रिक्त कुटनीतिक नियोगका लागि सिफारिस गरेको थियो । तर, २१ साउनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन सरकारले उक्त नाममध्ये राजनीतिक पृष्ठभूमीका १४ राजदूत फिर्ता बोलाएको थियो ।

परराष्ट्र सेवाबाट सिफारिस ८ जना राजदूत सुनुवाई प्रक्रिया भने सक्किइसकेको छ । यसरी फिर्ता बोलाइएकाहरुमा एमालेका ६, माओवादी केन्द्रका ४, राप्रपा नेपालका २, राप्रपा र फोरम लोकतान्त्रिकका १/१ जना राजदूत रहेका छन् ।

सुनुवाई प्रक्रियाबाटै नामहरु फिर्ता लिएपछि एमालेको तर्फबाट दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका युवराज कार्कीसहित ३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution