जापानमा २० औँ रोधी साँझ भव्यताको साथ सम्पन्न

तमुधीँ जापानको आयोजनामा भएको २० औँ रोधी साँझ भव्य कार्यक्रमको आयोजना गरि मनाईएको छ ।टोकियो मेगुरो कुमिन सेन्टरमा आयोजना भएको रोधी साँझ कार्यक्रमको एक समारोहका वीच जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष भवन भट्ट, एनआरएनए आईसीसी सदस्य ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा, तमुधीँ जापानका अध्यक्ष श्रीभक्त गुरुङ, थकाली सेवा समाज जापानका अध्यक्ष बुद्धि गौचन लगायतले संयुक्त रुपमा गर्नुभएको थियो । समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत नेपाली समुदायको हरेक कार्यक्रममा जापानी समुदायको सहभागिता गराउन आग्रह गर्दै दिर्धकालिन रुपमा नेपालमा पर्यटक वृद्धि गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । नेपाली मौलिक पहिचान झल्कने कार्यक्रममा जापानीहरु भेला गराउन सके दुईपक्षिय सम्वन्ध प्रगाढ हुने बताउनु भयो ।
कार्यक्रममा विशेष अथितिका रुपमा रहनु भएका गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले नेपालमा पर्यटक वढाउन हरेक संस्थाहरुले सहयोग गर्न अपिल गर्नुभयो । हालैबाट सुरु गरिएको अतिथि देवो भव अभियानलाई साथ दिन आग्रह गर्दै एनआरएनएसंगको सम्वन्वय गरेर अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा एनआरएनए आईसीसी सदस्य ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, नेपाल आदिवासी जनजाति महासंघका जापान अध्यक्ष पासाङ शेर्पा, थकाली सेवा समाजका अध्यक्ष बुद्धि गौचनले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेपाली लोक दोहोरी तथा आधुनिक गीतका गायक कलाकारहरुको मनोरंजनात्मक प्रस्तुति गरेका थिए । साँस्कृतिक कार्यक्रम अवसरमा लोक तथा दोहोरी गायिका शान्ति सुनार, चिजा तामाङले उत्कृष्ट गीत पस्केका थिए । यस्तै आधुनिक तथा गजल गायक दिपु न्यौपाने, अमर गुरुङ, नेपोसोल व्याण्ड लगायतका गायक गायिकाले चर्चित गीत पस्केका थिए । वरिष्ट उपाध्यक्ष अनिता गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सहभागि अतिथि तथा कलाकारहरुलाई सम्मान पनि गरिएको थियो ।
वर्तमान अध्यक्ष श्री भक्त गुरुङ र उहाँका धर्मपत्नी सिता गुरुङले तमु धीं जापानलाई सफलताका साथ यो अवस्था सम्म ल्याउन सफल गरिएको योगदानको कदर गर्दै पूर्व अध्यक्षहरु ओम प्रकाश गुरुङ,दिनेश गुरुङ र याम गुरुङलाई तमापत्रले सम्मान गरिएको थियो १ कार्यक्रममा तमुधीँ जापानका अध्यक्ष श्रीभक्त गुरुङले संस्थाको कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । पहिलो चरणको कार्यक्रम महासचिब अमर गुरुङले गर्नु भएको थियो भने दोश्रो चरणको कार्यक्रम संचालन ओम प्रकाश गुरुङ र पुनम गुरुङले गर्नु भएको थियो ।
नारायण कोईराला/ टोकियो