श्रीमती र आफ्न्तलाई मन्त्री बनाउने लविङमा मोर्चाका नेता

काठमाडौं – वर्तमान सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारमा सहाभागी हुन गृहकार्य थालेको छ। सरकार आफूहरुको मागप्रति सकारात्मक रहेको भन्दै मधेसी मोर्चाले सरकारमा सहभागी हुन गृहकार्य थालेको हो। त्यसका लागि मोर्चाले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउनुपर्ने पक्षमा छन्।
मधेसी मोर्चा सरकारमा सहभागी हुने भएपनि मोर्चामा आबद्ध दलले आफ्ना श्रीमतीलाई मन्त्री बनाउने दाउमा रहेका छन्। स्रोतका अनुसार सरकारमा सहभागी हुने अवसर प्राप्त भए उनीहरुले आफ्ना श्रीमतीलाई मन्त्री बनाउने तयारी गरेका छन्।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरक गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले श्रीमतिलाई मन्त्री बनाउन लविङ थालेका छन् । सदभावना अध्यक्ष महतोले श्रीमति शैलीदेवी महतो, झाले श्रीमति डिम्पल झा, राजकिशोर यादवले श्रीमति सरिता नाम मन्त्रीमा सिफारिस गर्न लविङ थालेका छन् ।
सद्भावना पार्टीका एक नेताका अनुसार पार्टी सरकारमा गयो भने महतो श्रीमति शैलीदेवी मन्त्री बन्ने पक्का जस्तै बनेको छ । आफैं सांसद नभएकाले पत्नी शैलीदेवीको नाम महतोले मन्त्रीमा सिफारिस गर्ने विषयमा केही नेताको सहमति लिइसकेका छन् । ‘अध्यक्ष ज्यूले श्रीमथितलाई पठाउने संकेत दिइसक्नु भएको छ ’ एक नेताले भने, ‘दुई जना पाइयो भने अर्कोको पालो आउला नभए आउने सम्भावना छैन । ’ शरद्सिंह भण्डारीको पार्टीबाट सांसद निर्जला राउतको नाम चर्चामा छ ।
राउतलाई भण्डारीको प्रेमीकाको रुपमा पार्टीमा चिन्ने गरिन्छ । समानुपातिक सभासदको सुविधाको दुरुपयोग गर्दै मोर्चाका नेताहरुले मन्त्री बनाउन लागेका हुन् ।
यसअघि विभिन्न पार्टीका नेताहरुले श्रैमती, प्रेमिका, साली तथा नातेदारहरुलाई समानुपातिबाट सभासद् बनाएका थिए । तमलोपाका अध्यक्ष महन्त ठाकूरले पनि सम्धिनी ईन्दिरा झालाई मन्त्रीमा पठाउने तयारी गरेका छन् । प्रवक्ता सर्वेन्द्रनाथ शुक्लको नेतृत्वमा उनलाई पठाउने तयारी भएको एक नेताले दावी गरे । @ डिसीनेपाल |