हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

अर्जुन पाख्रिन तामाङ र दुदुमाया सिङ्तान तामाङलाई तामाङ मिडिया अवार्ड प्रदान

ar

काठमाडौ: ‘तामाङ मिडिया अवार्ड २०७३’ अन्नपुर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार अर्जुन पाख्रिन तामाङ र शक्ति एफएम मकवानपुरमा कार्यरत दुदुमाया सिङ्तानलाई प्रदान गरिएको छ ।

२२ औं तामाङ प्रशारण दिवसको अवसरमा आयोजित कार्यक्रममा पाख्रिन र सिङ्तानलाई अवार्ड प्रदान गरिएको हो । तामाङ पत्रकारको साझा संगठन तामाङ सञ्चार समूहले प्रत्येक वर्ष १ भदौमा तामाङ प्रशारण दिवस मनाउँदै आएको छ।

२०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशारण भएको दिनलाई तामाङ प्रशारण दिवसका रुपमा मनाउदै आएको संञ्चार समूहका केन्द्रीय अध्यक्ष जगत दोङले बताए ।

arjun-and-dudumaya

अवार्ड छनोट समितिका संयोजक दुपवाङगेल मोक्तानले भने ‘सञ्चार (छापा र विद्युतीय) क्षेत्रमा क्रियाशील रही तामाङ भाषा, संस्कृति, धर्म लगायतको संरक्षण, प्रवद्र्धन तथा तामाङ समुदायको विकासमा निरन्तर योगदान पुर्याउँदै आएका तामाङ सञ्चारकर्मीलाई प्रत्येक वर्ष तामाङ मिडिया अवार्डबाट सम्मानित गर्दै आएको छ ।’

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्र गुरुङले तामाङ समुदाय र तामाङ सञ्चारकर्मीले मुलुकको विकास र उन्नतीका लागि महत्वपूर्ण भूमिका निभाएको बताए ।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङले पत्रकारिता क्षेत्रले सबै वर्ग समुदायको समाचारलाई उत्तिकै प्राथमिता दिनु पर्ने बताए । अध्यक्ष गुरुङले समाज परिवर्तनका लागि पत्रकारिता नै शसक्तमाध्यम भएको बताउँदै राज्य मातहतका संञ्चारगृहले पनि विभिन्न जाति धर्म सम्प्रदायको विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव बाबु घिसिङले तामाङ मिडियालाई फराकिलो बनाउनका लागि र रेडियो नेपालबाट प्रशारित तामाङ भाषाको समाचारलाई समय बढाउनका लागि माग समेत गरेका छन् । @अन्नपुर्ण पोष्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution