हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तामाङ पत्रकार पेशाबाट पलायन हुने क्रम रोक्नुपर्नेमा जोड

राजेश  रुम्बा  तामाङ

भदौ १, रत्ननगर । तामाङ पत्रकार तथा सञ्चारकर्मीहरु पेशाबाट पलायन हुदै जाने क्रमलाई रोक्नुपर्नेमा चितवनका तामाङ पत्रकारहरुले जोड दिएका छन ।

२२ औ तामाङ प्रसारण दिवसको अवसरमा बुधबार रत्ननगरमा भएको छलफलमा सहभागी भएका उनीहरुले यस्तो बताएका हुन । छलफलमा सहभागी तामाङ सञ्चार समुह चितवनकी कार्यबहाक अध्यक्ष सरस्वति लामाले पेशालाई निरन्तरता दिन नसक्नु नै आफुहरुका लागि मुख्य चुनौति भएको बताइन् । उनले चितवनको पत्रकारितामा तामाङहरु न्युन रहेको र भएकाहरुले पनि पेशालाई निरन्तरता दिन मुस्किल परिरहेको उल्लेख गरिन् ।

तामाङ समुदायमा पत्रकारिताबारे ज्ञानको कमी र सञ्चारगृहबाट चित्तबुझ्दो पारिश्रमिक पाउन कठिन जस्ता समस्याले यस्तो अवस्था आएको उनको भनाई छ । छलफलमा तामाङ सञ्चार समुह चितवनका सचिव ज्ञानेन्द्र तामाङले जिल्लामा अहिले तामाङ पत्रकारिताको बिषयमा चर्चा गरेका थिए । उनले तामाङहरु पत्रकारितामा सक्रिय भइदिए जातीय एवं आदिवासी समुदायको अवाज बुलन्द पार्न सहज हुने भएपनि अहिलेको अवस्था त्यस्तो नरहेको बताए ।

तामाङ पत्रकारका लागि स्रोत, साधन र अवसरको समेत कमी रहेको उनको भनाई छ । अर्का सञ्चारकर्मी एवं ब्यवसायी राजेश रुम्बाले मुलधारको पत्रकारितामा तामाङहरुले प्रतिस्पर्धा गरि स्थापित हुन सक्नुपर्ने धारणा राखे । यसका लागि आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको उनले बताए । छलफलमा चितवनका क्रियाशिल एक दर्जन तामाङ पत्रकारहरु उपस्थिति थिए । रेडियो नेपालबाट पहिलोपटक २०५१ साल भदौ १ मा तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा मनाउदै आएको तामाङ प्रसारण दिवसको अवसरमा छलफल गरिएको हो । प्रसारण दिवसको अवसरमा तामाङ सञ्चार समुह चितवनले सबैमा शुभकामना समेत दिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution