हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

दोरम्बा हत्याकाण्ड नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो बलिदानी हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३२ साउन – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दोरम्बा हत्याकाण्ड नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो बलिदानी र वीरताको इतिहास भएको बताउनुभएको छ ।

दोरम्बाका सहिदको स्मृतिमा नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “दोरम्बा घटना नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा बलिदानी र वीरताको इतिहास हो । तत्कालीन शाही सरकारको कायरता र अधैर्यताको इतिहास हो । तर हामी माओवादीका लागि भने यो बलिदानीको विशिष्ट घटना हो ।”

प्रधानमन्त्रीले अर्को वर्षदेखि दोरम्बा स्मृति दिवस पार्टी केन्द्रले मनाउने जानकारी दिनुभयो । नयाँ सरकारले सहिद र बेपत्ताका सपनालाई साक्षी राखेर काम आफूले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको कम्युनिष्ट आन्दोलन घुमाउरो बाटोबाट अघि बढ्दैछ । आमजनता र मुलुकलाई केन्द्रमा राखेर काम गर्छु । त्यसमा सबैको साथ र सहयोग रहोस् ।”

उहाँले आफू दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुने बित्तिकै सहिद र बेपत्ता परिवारलाई बाँकी रहेको रु ५ लाख एकमुष्ठ दिने निर्णय गरेकोसमेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ‘गरिबका लागि सरकार’, दलित समुदायका सबै र कर्णालीका बालबालिकालाई प्रोत्साहन स्वरुप रु एक हजार दिने भत्ता दिने निर्णय पनि वर्ग पक्षधरताकै सन्देश हो । यसपटक जनताको पक्षमा केही न केही गरौँ भन्ने सोच छ । मात्रै साथको आवश्यकता छ ।”

प्रधानमन्त्रीले धेरै बोल्नेभन्दा काम गरेर देखाउने बेला आएको भन्दै स्थानीय तहसम्म पार्टी एकतालाई बलियो बनाएर जनताको बीचमा जान कार्यकर्तालाई अपिल गर्नुभयो । कार्यक्रममा रामेछापका स्थानीय नेताले दोरम्बाका सहिदको सम्झनामा राष्ट्रियस्तरमा दोरम्बा स्मृति प्रतिष्ठानको गठन गर्न, द्वन्द्वपीडितको राहतलाई प्रभावकारी बनाउन, भूकम्पपीडितको राहतलाई व्यवस्थित गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालसँग अनुरोध गर्नुभएको थियो ।

विसं २०६० सालमा तत्कालीन नेकपा (माओवादी) र सरकारबीच वार्ता चलिरहेका बेला रामेछापको दोरम्बामा नेता बाबुराम तामाङसहित २१ माओवादीलाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

केन्द्रका पोलिटब्यूरो सदस्य एवम् सो घटनामा बाँच्न सफल हरि दाहालले सहिद र बेपत्ताको पक्षका काम गर्न र जनतालाई विश्वासमा लिन आग्रह गर्नुभयो । उहाँले सहिद परिवारलाई एकमुष्ठ रुपमा रु दश लाख सहयोग उपलब्ध गराउन र दोरम्बालाई ऐतिहासिक क्षेत्रका रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सो घटनामा अम्बिका दाहाल, प्रदीप दोङ, टेकबहादुर थापा मगर, हर्क तामाङ, रवी चौहान, विष्णुमाया थापा, सानुमाया तामाङ, लक्ष्मण तामाङ, चतुरमान थामी, श्याम तामाङ, पदमराज गिरी, उमा कार्की, सोमाइ थामी, जमिन शर्मा, हर्कलक्ष्मी राई, सोम चौवास, चमेली थामी, युवराज मोक्तान र लीला मोक्तानको हत्या भएको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution