हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

परिवारको ६ सदस्य गुमाएकी परिवारविहिन छिमा पुनको दर्दनाक पीडा

chimaa

प्यूठान–फोप्ली ३ मा घर भइ फोप्ली–४ मा रहेको खेत तिमिलेको गोठमा बस्दै आएकी १६ वर्षीया छिमा पुन अहिले परिवारविहिन बनेकी छिन् ।

६ जनाको सदस्य रहेको छिमाको परिवार गुमाउँदा अहिले उनी एक्लै छिन् । तिमिले मजदुरी गर्दै आएका बाबुआमा भाईबहिनी सबै घर परिवारलाई मंगलबार राति पहिरोसँगै आएको बाढीले बगाएपछि छिमा एक्ली बनेकी हुन् ।

आफन्तको घर (गाउँमा) गएर बसेकी १६ वर्षीया वालिका छिमा पुन बाँच्न सफल त भइन्, तर सबै परिवारलाई पहिरोसँगै आएको बाढीले बगाउँदा परिवारविहिन बन्न पुगेकी छिन् ।

बुबा भुपाल पुन, आमा समेली पुन, भाई धन बहादुर पुन र बहिनीहरु लिला पुन, थमी पुनलाई गुमाएपछि उनी सहाराविहिन बन्न पुगेकी छिन् । यतिसम्मकी सामान्य साहारा दिने छिमेकी समेत गुमाउँदा पागल जस्तै बनेको आभास आँशुका धाराले व्यक्त गर्छिन उनी । छिमाले गाउँकै अम्बिका मावि फोप्लीमा अध्ययन गर्दै आएकी छन् ।

छिमा परिवारविहिन भएपछि डाँको छोडेर रुनु बाहेक अरु केही नभएको बताउँछिन् । परिवारको अभाव त भयो नै त्यसैमाथि उनको घर, गोठ सबै पहिरोले बस्नै नमिल्ने गरी बगाएपछि छिमाको जीवन यात्रामा बज्रपात भएको छ ।

अहिले यतिबेला उनीसँग न कसैको साथ छ, न त कुनै ओतन या बास, न त खाने केही गास नै । अन्धकार र दुखपूर्ण जिन्दगीको यात्रामा छिन् उनी यतिबेला । @ रातो  पाटी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution