आज २२ औं तामाङ प्रशारण दिवस, विविध कार्यक्रम गरी मनाइदै

आज २२ औं तामाङ प्रशारण दिवस, तामाङ सन्चारकर्मीहरुले विविध कार्यक्रमको आयोजना गरी मनाउदैछन् । २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशारण भएको दिनलाई तामाङ प्रशारण दिवसका रुपमा मनाउदै आएको छ ।
दिवसका अवसरमा काठमाडौ सहित विभिन्न जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको छ । तामाङ सन्चारकर्मीको साझा संगठन तामाङ सन्चार समुहले आज राजधानीमा विषेश कार्यक्रमको आयोजना गरेको छ ।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा हुने कार्यक्रम मार्फत तामाङ सन्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका दुई जना तामाङ सन्चारकर्मीलाई तामाङ मिडिया अवार्ड मार्फत सम्मान गर्ने तयारी भएको सन्चार समुहले जनाएको छ ।
यस वर्षको तामाङ मिडिया आवर्ड मार्फत अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका अर्जुन पाख्रिन तथा शक्ति एफएम मकवानपुरका कार्यक्रम निर्माता तथा प्रस्तोता दुदुमाया सिंतनलाई प्रदान गर्ने निर्णय भएको सन्चार समुहका केन्द्रिय अध्यक्ष जगत दोङले जानकारी दिनुभयो । @ मिरमिरेअनलाइन |