हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

अमिर बम्जन तामाङ राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित

अमिर बम्जन
काठमाडौं । अमिर बम्जन ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०७३’ बाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रमाणपत्र र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको हातबाट एक लाख नगद प्राप्त गरेका हुन् ।
थाहा नगरपालिका–१ मकवानपुरमा जन्मिएका बम्जनको शरीरको गर्धनदेखि मुनिको भाग चल्दैन । मुखको सहायताले सुन्दर तस्बिर कोर्ने र जिब्रोको सहयोगबाट ल्यापटप, मोबाइल पनि चलाउने बम्जन बहुआयामिक प्रतिभाका धनी छन् । गीत गाएर मन्त्रमुग्ध पार्न सक्ने बम्जनले गाएको गीत पनि रिलिज भइसकेको छ । आफूले बनाएका चित्रहरूको प्रदर्शनीबाट लाखौं आम्दानी भइरहेको बम्जन बताउँछन् ।

भूकम्पपछिको राहत कार्यक्रमका बेला उनलाई करुणा फाउण्डेसनले भेटेको थियो । त्यसपछि फाउण्डेसनले काठमाडौं ल्याएर उनको प्रतिभा निखार्ने काम गरिरहेको छ ।

हाल उनी करुणा फाउण्डेसनकै सहयोगमा कालिमाटी नजिकैको विशेष स्कुलमा अध्ययन गरिरहेका छन् । त्यस्तै, उनी किरण मानन्धरसँग चित्रकला र न्ह्यु बज्राचार्यसँग गायन कला सिकिरहेका छन् । पछिल्लो समय उनी कविता लेखन कार्यमा व्यस्त रहेको बताउँछन् । @ बाह्रखरी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution