हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

फोनिज स्थापना दिवसको अवसरमा आदिवासी जनजाति पत्रकारहरु पुरस्कृत

fo
काठमाडौं । आदिवासी जनजाति समुदायबाट सञ्चार क्षेत्रमा लामो समय योगदान दिएका तीन जना पत्रकारहरुलाई आज पुरस्कृत गरियो ।

नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आज अनलाइनबाट देवकुमार सुनुवार, छापा तर्फ मीरा अमात्य राजभण्डारी तथा रेडियोतर्फ बुद्ध योन्जन तामाङलाई पुरस्कार दिएको हो ।

पुरस्कार नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै गुरुङले पत्रकारहरुलाई अझ जिम्मेवार हुन र समाजलाई सही दिशामा लान आग्रह गरे ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजातिले कसैको भाग खोस्न होइन देशभरीका नेपालीले समान रुपमा अवसर पाउनको लागि आन्दोल गरिरहेको बताए । र उनले भरखरै मनाइएको विश्व आदिवासी दिवसको समाचार सबैतिरबाट राम्रो सम्प्रेषण भएकोमा खुशी पनि व्यक्त गरे ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले हालै नेपाल प्रेस काउन्सिलले पत्रकार बन्नका लागि परीक्षामा उतीर्ण हुनुपर्ने व्यवस्था ल्याउन खोजेकोमा खेद व्यक्त गरे ।

त्यस्तै प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझाले सबै नागरिकले आफ्नो अभिव्यक्ति दिइरहेका हुन्छन् र नेपाल प्रेस काउन्सिलले बनाएको मापदण्ड देशभरिका पत्रकाहरुका लाग स्वीकार्य नहुने बताए । उनले आदिवासी जनजातिले अहिले कुनै समुदायको लागि होइन सिंगो राष्ट्रको लागि पत्रकारिता गरिरहेको पनि बताए ।

पुरस्कार छनौट समितिका संयोजक गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक पुष्कर भक्त माथेमाले पुरस्कार दिन योग्य व्यक्ति छान्दा उनीहरुको क्षमता, योगदानका साथै भविष्यमा नेपालका अदिवासी जनजाति पत्रकारहरुलाई नेतृत्व दिनसक्ने सम्भवनामा पनि ध्यान दिइएको बताए । @ ईसमता !






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution