किन्ने होइन त डम्फु ? डम्फु कसरी तयार हुन्छ ? फोटोमा हेरौ …..

डम्फु तामाङ समुदायको सांस्कृतिक बाजा हो । तामाङ भाषामा डाम्बा भने पनि यसको लोकप्रिय संगै अहिले चलनचल्तीमा सबैले डम्फु भनेर भन्ने गरिन्छ | प्राचीनकालमा पेङदोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोईराला रुखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डाम्बा बनाएका हुन भन्ने किम्बदन्ती तामाङ समाजमा प्रचलित रहेको छ ।
तामाङ समुदायको महानपर्व ल्होछारमा डाम्बा बजाएर निकै रमाइलो गरिन्छ भने शुभविवाह वा शुभमुहतको हरेक कार्यक्रमहरुमा डाम्बा बजाएर नाचगान रमाइलो गरिन्छ | तामाङ भाषाको गीत र सेलो गीतको म्युजिक भिडियोमा डाम्बाको धुन अनिवार्य जस्तै प्रयोग हुन्छ ।
पछिल्लो समयमा जातीय पहिचानको सवाल ह्वात्ताई बढे संगै तामाङ समुदायको घरघरमा सांस्कृतिक पहिचानको बाजा डाम्बा अनिवार्य जस्तै राख्ने गरिएको छ |
यसै क्रममा सांस्कृतिक पहिचानको डाम्बा निर्माण गरेर आफ्नो समुदायको संस्कृतिलाई संरक्षण गर्ने कार्यमा बिगत केहि बर्ष देखि लागि परेका डाम्बा निर्माता काभ्रेका लिला स्याङतान पनि एक हुन् | वहाँ द्वारा निर्माण हुँदै गरेका डाम्बाहरु …
डाम्बा लिन / किन्नु चाहानुहरुले सम्पर्क गर्न सक्नु हुनेछ |
लिला स्यांङतान – 9849333034