बिश्व आदिवासी दिवस कार्यक्रमको लागि भूतपूर्व मन्त्री अशोक राई र डा. गणेश योन्जन इज़रायल आईपुगे

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा यही मिति अगस्ट १२ गते लेभान्डा ३२ मा मनाउन लागीरहेको २२ औं विश्व आदिवासी जनजाती दिवसलाई सम्वोधन गर्नका निमित्त पुर्व माननीय मन्त्री अशोक राई र जापानका लागी पुर्व महामहिम राजदुत डा. गणेश योन्जन आज बिहान ७ बजे बेनगुरियन एयरपोर्टमा आईपुगेका छन् | मन्त्री राई र डा. योन्जनलाई स्वागतको लागी नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्क्ष्य निर्मला गुरुङ, राजदुतावास बाट भोजराज जी ,नेपाली संघियसमाज इजरायलका अध्क्ष्य छिरीङ शेर्पा , ह्योल्मो समाज इजरायलकी अधक्ष्य पेम्वा डोल्मा ह्योल्मो ,किरात राई यायोख्खा बाट नन्दु राई, नेपाल तामाङ घेदुङ् इजरायलबाट नानीमाया योन्जन , तमु समाज इजरायलबाट ओम गुरुङ साथै अन्य पदाधिकारीहरु आज बिहानै बेनगुरियन एयरपोर्ट पुगेका थिए ! एयरपोर्ट सम्म लिनको लागी र यहाको बसाई सम्म यता उता जानको लागी यातायात को ब्यवस्था नेपाल एम्बेसी परिवारले गरेको छ ! एम्बेसी परिवारलाई महासंघ परिवारले हार्दिक धन्यवाद पनि ब्यक्त गरेका छन् |
भोली बेलुकी ९ बजे बाट सुरु हुने २२ औं विश्व आदिवासी जनजाती दिवस को तयारी अन्तिम अवस्थामा पुगेको कार्यक्रम संयोजक लक्ष्मी योन्जनले बताएका छन् भने मन्त्री राई र डा. योन्जन उहाहरु भोली दिउसो ४ बजे नेपाली संघिय समाजको अधिवेशन कार्यक्रम मा पनि उपस्थित हुने बताएका छन् | आजै बेलुकी राजदुतावास निवास हर्जेलियामा रात्रि भोजको लागी कार्यबाहक राजदुत रामेश्वर पौडेल ज्युले उहाहरुलाई निम्तो पनि पठाउनु भएको महासंघ की अध्क्ष्य ले जानकारी गराएकी छिन् साथै भोली हुने कार्यक्रममा इजरायलवासी समस्त नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा उपस्थितीको लागी नेपाल आदिवासी जनजाती महासंघ इजरायल ले हार्दिक आमन्त्रण पनि गरेका छन् | @ मिक्समास्क |