एक करोड धरौटीमा छुटे: ल्यारक्याल लामा

२६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका निलम्बित सांसद ल्यारक्याल लामा १ करोड धरौटीमा छुटेका छन् ।
विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको संयुक्त इजलासले बुधबार लामासँग १ करोड धरौटी मागेको थियो ।
लगतै उनी सिद्धार्थ बैंकमार्फत धरौटी बुझाएर छुटेका छन् । अख्तियारले ९ करोड २४ लाख अकुत सम्पत्ति जोडेको अभियोगमा लामाविरुद्ध मुद्दा दायर गरेको थियो ।