हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

साउदी अरेवियनले १६ वर्षीया नेपाली युवतीलाई जबर्जस्ती करणी गर्न खोजेपछि ….

rape

काठमाडौं– साउदी अरेबिया जान चाहने नेपाली कामदारसँग अन्तर्वार्ता लिन आएका ५४ वर्षीय सिद्धीकी ईब्राहिम हसन जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

मंगलबार राती १६ वर्षीया नेपाली युवतीलाई ठमेलस्थित होटल ताईमामा जबर्जस्ती करणी गर्न गर्न खोजेको उजुरीपछि महानगरीय प्रहरी वृत लैनचौरले उनलाई पक्राउ गरेको हो ।

‘हसनले जबर्जस्ती करणी गर्न खोजेपछी युवतीले आत्तिएर १०० मा फोन गरेपछि हामीले होटल ताईमा बाट उद्धार गरेका थियौं’ महानगरीय प्रहरी वृत लैनचौरका डिएसपी सोमेन्द्र सिंह राठौरले भने, ‘सम्माननिय जिल्ला अदालत काठमाडौंबाट मानव बेचविखन बिरुद्धको म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

एक साताअघि मात्र नेपाल आएका हसनले पाँच हजार दिन्छु भन्दै ताईमा होटलका कामदार दिपक माझीलाई बीस बर्षमुनिको सेक्स पार्टनर खोज्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हसनले युवती खोजिदिएबापत दिपकलाई नेपाली पाँच सय रुपैयाँ दिने बचन दिएका थिए ।
सोही अनुसार काभ्रे स्थायी घर भएका माझीले युवतीलाई प्रभावमा पारेर हसन समक्ष पुर्याएका थिए ।

होटलको कोठामा लगेर हसनले युवतीलाई जबर्जस्ती गर्न खोजेपछि भने उनले आत्तिएर प्रहरीलाई खबर गरेकी थिइन् ।मध्यरात युवती उद्धार गर्न होटल ताईमा पुगेको प्रहरी टोलीले हसन सहित बिस वर्षीय दिपक माझीलाई पनि पक्राउ गरेको छ ।

हसनको साथबाट प्रहरीले १७२१६८३ नम्बरको साउदी अरेवियन राष्ट्रिय पासपोर्ट फेला परेको प्रहरीले जनाएको छ | @ रातोपाटी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution