युकेमा २२ औं विश्व आदिवासी दिवस सम्पन्न

नेपाल आदिवासी जनजाति महासङ्घ युकेले मातृभाषामा शिक्षाको अधिकार भन्ने यस बर्षको विश्वब्यापी नारा सहित ७ अगष्ट २०१६ का दिन २२ औ विश्व आदिवासी दिवस भब्यतापूर्वक सम्पन्न गर्यो।
युकेका लागि नेपालका कार्यवाहक राजदुत शरदराज आरनको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा महासङ्घमा आबद्ध १३ जातिय उत्थान संस्थाहरुका प्रतिनिधि पदाधिकारीहरुले १३ वटै दीप प्रज्वलन गरि शुरु भएको थियो ।
प्रमुख अतिथि आरनले जनजातिका मागहरु राजदुतावासमा ल्याउन आग्रह गर्दै आफूले सम्बन्धित निकाय सम्म पुरयाउने पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । विशिष्ट अतिथि पूर्व वाणिज्य मन्त्री विजय प्रकाश थेवेले प्रत्येक बर्षको अगष्ट ९ तारिख विश्वभरका आदिवासीहरुको अवस्था अवलोकन गर्ने र त्यहि अनुसार आवश्यक योजना सोच्ने दिन भएकोले आजको दिन महत्वपूर्ण रहेको बताउनु भयो ।
विशेष अतिथिको रुपमा पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बु, जनजाति महासङ्घ नेपालका पूर्व महासचिव भक्त दुरा, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य विश्वास दीप तिगेला, अतिथि योगी विकासानन्द, तमु धि युकेका उपाध्यक्ष ग्याम गुरुङ, शेर्पा समाज युकेका अध्यक्ष साना शेर्पा, किरात याक्थुङ चुम्लुङका प्रतिनिधि तथा शाखा अध्यक्ष पूर्ण मादेन, जनजाति महासङ्घ नेपालका जिल्ला सदस्य इन्द्रबहादुर गुरुङ, मगर संघ युकेका महासचिव लालबहादुर पुन, सङघीय गठबन्धन युकेका संयोजक पदम गाह, पत्रकार महासङ्घ युकेका अध्यक्ष नरेश खपाङ्गी, मधेसी समाज युकेका प्रतिनिधि दिलिप महासेठ, याख्खा छुम्माका अध्यक्ष खगेन्द्र राई, जनमुक्ति मंचका अध्यक्ष नारायण किसोर पुन, पुन समाजका अध्यक्ष एकबहादुर पुन, किरात चाम्लिङ खाम्पातितका अध्यक्ष पदम राई, नगेन्द्र नेम्बाङ लगायतले बोल्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष जंग सुनुवारले स्वागत तथा उपाध्यक्ष लोकेन्द्र तबेबुङले आपतकालिन प्रकृयाको बारेमा बताउनु भएको थियो ।
दोस्रो चरण अन्तर्गतको साँस्कृतिक कार्यक्रमलाई भावना सुनुवार परिष्कृत र करिष्मा घमले संचालन गर्नुभएको थियो । लिम्बु साँस्कृतिका अनुसन्धाता तथा गायिका झुमा लिम्बु, याक्थुङ चुम्लुङबाट च्याब्रुङ नृत्य, राई यायोख्खाबाट साकेला, दुरा समाजले ठाडेभाषा गीत, मगर संघले देउडा नाच, छन्त्याल संघले छन्त्याल नृत्य लगायतको सांस्कृतिक प्रस्तुतीहरु रहेका थिए ।
नेपाल आदिवासी जनजाति महिला महासङ्घ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ –फोनिज) को समेत आयोजना रहेको समारोहको सभापतित्व अध्यक्ष तुल छन्त्यालले गर्नुभएको थियो भने संचालन महासचिव कर्म पहाडीले गर्नुभएको थियो ।
सयुक्त राष्ट्रसङ्घले सन् १९९४ अगष्ट ९ का दिन विश्व आदिवासी दशक घोषणा गरेको दिनलाई विश्वभर विश्व आदिवासी दिवस मनाउने गरिन्छ । यस बर्ष १ अगष्ट २०१६ का दिन ताइवानकी प्रधानमन्त्री तेसी लिङ वीनले ताइवानका १६ जातका आदिवासीहरु संग सरकारको तर्फबाट माफि मागेका कुरालाई महत्वपूर्ण उपलब्धि मानिएको छ ।
४ सय बर्ष अघि चाइनाबाट आएकाहरुले ताइवानका आदिवासीहरुलाई लोपउन्मुख बनाएका छन् । हाल ताइवानको २३ मिलियन जनसख्यामा केवल २ प्रतिशत मात्र आदिवासी वाँकी छन् । त्यस्तैगरि अष्ट्रेलियन प्रधानमन्त्री केभिन रुडले पनि सन् २००९ मा आदिवासीहरुलाई शोषण र अत्याचार गरेकोमा सरकारको तर्फबाट माफि मागेका थिए ।
राजु सुब्बा