हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

धनकुटामा २२ औं विश्व आदिवासी दिवस मनाइयो

dhankuta
धनकुटा– २२ औं विश्व आदिवासी दिवस आज धनकुटामा विविध कार्यक्रमको साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, धनकुटाको आयोजनामा २२ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको हो । यस कार्यक्रम जिल्लाकोे भिन्नभिन्नै तीन स्थानमा मनाईने आयोजकले जनाएको छ ।

आज पहिलो दिन विश्व आदिवासी दिवस धनकुटाको हिले बजारको तोड्वा चोकबाट बजार परिक्रमा गरी साप्ताहिक बिहिबारे बजार लाग्ने बजारमा पुगेर विभिन्न जातजातिको पहिचानसहित सांस्कृति नाचगान साथै ‘पहिचान र अधिकारसहितको संघियता आदिवासी जनजातिहरुको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने मुल नारालाई जनजातीहरुले जोड दिएका थिए ।

यो वर्ष विश्व आदिवासी दिवश अधिकार प्राप्तीको लागि आन्दोलनको रुपमा सडकमा मनाईने आयोजकले जनाएको छ । संस्कृति र संस्कारलाई जर्गेना गदै आएको भनी आयोजकले विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति समुदायका साँस्कृतिक रुपमा वर्षौदेखि सेवा गरिरहेको लामा, ओजा विजुवा र धामी झाँक्रीलाई दोसल्ला, खादा र सम्मानपत्रले सम्मान गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका सचिव हेमकुमार आङलाको अनुसार ‘पहिचान र अधिकारसहितको संघीयता आदिवासी जनजातिहरुको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने मुल नाराको साथ यो वर्ष विश्व आदिवासी दिवस अधिकार प्राप्तीको लागि आन्दोलनको रुपमा जिल्लामा तीन दिनसम्म छुट्टाछुट्टै ठाउँमा दिवस सडकमा मनाइने बताए ।@रातोपाटी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution