हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

कोरियन साहुको गाली र कुटाई खाने मन कहाँ थियो र ? नेपालमा रोजगार पाए ….

मेरो घर दार्चुला हो । हाल म साउथ कोरियामा कार्यरत छु । एकजनाले साथीले कोरियाको रोजगारी गज्जवको छ भनेर लेखेको पढें । मेरो आफ्नो भोगाइमा त कोरियामा काम गर्न त्यती सजिलो छैन । काम गरे बापतको पैसा चै साहुले दिनै पर्छ ।

Madhusudan Ojha

तर सबै अधिकारहरु साहुलाई मात्रै हुने भएकोले काम गर्दा साहुले कुट पिट गर्ने देखी लिएर मानसिक तनाब दिने काम पनि कोरियामा व्याप्त नै छ । अहिले सम्म भएका आत्महत्याका केसहरुमा केहि कारण साहुले गर्दा पनि हो । पैसा राम्रै कमाई हुने कोरियामा वातावरण र सेफ्टी बाहिर राम्रै भए पनि कार्यस्थलमा हुने मानसिक र शारिरिक यातनाले गर्दा हामीहरु पीडित छौ ।

साहुले दिने यातनालाई लिएर दुखेसो सुन्ने निकायलाई अधिकार नभएर होला । हाम्रै राजदूतावासले त हामीलाई सहयोग गर्न सक्दैन । फोन गर्‍यो भने साहुले भनेको झुटो कुरालाई पो मानेर उल्टो हामीलाई थर्काउँछ । तपाईंहरु काम गर्न आको कि घुम्न आको भन्छ ।

राजदूतावास भन्दा त कोरियामा रहेका हाम्रा बिभिन्न संघ सस्थाहरुले आफूले सक्दो सहयोग गरिराखेका हुन्छन् । बिगतका दिनहरुमा श्रम सहचारी श्री अनिल गुरुङले पनि राम्रै सहयोग गरेको पाइन्छ । जे होस हामीले कोरियामा जस्तै रोजगारीको अवसर नेपाल मै पाउने हो भने कोरिया नै किन आउनु पथ्र्यो र ? हामीले कोरियन साहुहरुको गाली र कुटाई पनी खान पर्दैनथ्यो । त्यै माथी सरोकारवालाहरुले नहेरी दिदा कहिले काहीँ त आत्म हत्या गरौं जस्तो मनैबाट बिचार पलाएर आउछ । घर फिर्ता जाउँ त गाउँ समाजले हेप्ला भन्ने डरका साथै नेपालमा गएर पो के गर्ने ? आदी इत्यादी कुराहरु मनमा खेलाउदा तनाव भएर अन्तिम बिकल्पमा आत्महत्या पनि गर्न मन लागेर आउछ ।

म आफै धेरै पटक यस्ता सोचहरु मनमा पालेर बसेको हुन्छु । कुन बेला के हुने हो थाहा हुँदैन । र अन्तमा कोरियामा रहेको हाम्रो नेपाली दूतावासले हाम्रो मर्म बुझी दिएर उचित सहयोग गरेको खण्डमा यस्ता घटना स्वत कम हुने थिए कि ? @ उज्जयालोअनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution