फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्स्त,एकै घरका ४ जना

गोरखा, साउन २४ – गोरखाको फिलिमबाट एक बालसहित ५ जना यात्रु बोकेर काठमाडौंतर्फ उडेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्स्त भएको छ ।
स्थानीयले प्रशासनलाई दिएको जानकारी अनुसार नुवाकोटको मदनपुर-९ पाखुरेमा हेलिकप्टर खसेको हो । नुवाकोटको सिडियो विष्णुप्रसाद पोखरेलले बताएका छन् । उनका अनुसार अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएको छ।
गोरखबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकोप्टर नुवाकोटबाट सम्पर्कविहीन भएको फिस्टेल एयरले जनाएको छ। उक्त हेलिकप्टरको पाइलट रञ्जन लिम्बु रहेका छन्।
काठमाडौंका लागि उडेको तर नुवाकोटमा दुर्घटना भएको आशंका गरिएको फिस्टेल एयरको हेलिकप्टरमा एकै घरका चार जना सहित ७ जना रहेका छन् ।
एकै घरका ४ जना
हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र ठेगाना नखुलेकी लक्ष्मी गुरुङ्ग रहेको गोरखाका प्रहरी उपरिक्षक जनकराज जोशीले जानकारी दिनुभयो ।
सिर्दिवास सदरमुकाम गोरखाबाट ३० कोेष टाढा पर्छ । प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।