हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी

santaतामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त बाबु थोकरले उम्मेदवारी दिने घोषणा गरेकाछन् । थोकरले न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत  जानकारी गराएका हुन् ।तामाङ सोसाईटी अफ अमेरिकाको आठौं अधिवेसन आउँदो २८ अगस्ट २०१६ मा न्युयोर्कमा सम्पन्न हुन गईरहेको छ |

दुई बर्षे कार्यकालको लागि अमेरिकामा रहेका समग्र तामाङ समुदायको बृहत्तर हकहितको लागि काम गर्ने उद्देश्यसँगै सोसाईटीको नेतृत्वमा आफ्नो उम्मेदवारी रहने थोकरले पत्रकार भेटघाट कार्यक्रममा बताए । यस अघि थोकरले सन् २००८ देखि २०१० मा संस्थाका तत्कालिन अध्यक्ष इन्द्र बहादुर तामाङको अध्यक्षकालमा महासचिव भएर कार्य सम्पादन गरिसकेका छन् ।

नेपालको दोलखा जिल्लामा जन्मिएका शान्तबाबु थोकर नेपाल रहदा सोतोकन कराँतेसँग आवद्ध खेलाडी एवं प्रशिक्षक हुन । सन् २००७ मा अमेरिका आएसँगै बिभिन्न सामाजिक कार्यमा संलग्न थोकरले सन् २००७ सालदेखि नै ईन्टरनेश्नल मार्सल आर्टस एसोसियसन अन्तर्गत डोजो संचालन गर्दै आएकाछन् । उक्त डोजोका उनी संचालक एवं मुख्य प्रशिक्षक हुन । त्यसो त उनी अमेरिकामा बिभिन्न खेलसँग आबद्ध खेलाडीहरुको संलग्नतामा स्थापित युस-नेपाल स्पोर्ट्स एण्ड कल्चर डेभ्लभ्मेन्ट ईन्कको संस्थापक महासचिव समेत हुन ।

पत्रकार भेटघाट कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकारहरुले थोकरको उम्मेदवारीमा शुभकामना व्यक्त गरे । यसरी शुभकामना मन्तव्य दिनेहरुमा सुबास लामा स्याङ्बो, राम तामाङ, भरत मोक्तान तामाङ, बंशलाल मोक्तान र सुर्य पाख्रिन तामाङ लगायत रहेका थिए ।

Shanta Babu Thokar

अधिवेसन मिति नजिकदै गर्दा नेतृत्वको लागि थोकरसँगै अन्यको पनि उम्मेदवारी आउने समुदायका एक सहभागीले प्रेस चौतारी डटकमलाई बताए । उम्मेदवारी अन्यको पनि आउने र नेतृत्वको लागि निर्वाचन निश्चित् हुने उनको जिकिर थियो । @ प्रेस चौतारी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution