धर्म प्रवर्तन दिवसको अवसरमा धर्म देशना कार्यक्रम सम्पन्न

-कर्म वाङगेल लामा तामाङ
२०७३ श्रावण २३ ,याम्बु | भगवान बुद्धले पहिलो चोटि धर्म देशना गर्नु भएको महान तिथी ढुग्पा छेसी (छ्योईखोर धुईछेन) धर्म प्रवर्तन दिवसको पावन अवसरमा श्रावण २२ गते (शनिबार) एनजेसी गुम्बा , बौद्ध जागरण, बौद्ध ६, तीनचुलीमा परम पूज्यनीय टुल्कु लोसाङ नाम्गेल रिन्पोछे ज्यू बाट चार आर्यसत्यको बारेमा धर्म देशना गर्नु भयो । धर्म पनि लौकिक र परलौकिक भएको हुनाले बौद्ध धर्म सदधर्म हुदाँहुदै पनि हामीजस्तो पुदगलहरुले अभ्यास गर्ने क्रममा हाम्रो धर्म पनि संसारिक धर्म हुन सकिन्छ । यसबाट बच्नको लागि हामीले धर्म गर्ने क्रममा पलपल, क्षण क्षण हामीले गरेको धर्म सहि तरिकाले भएको छ की छैन परिक्षण गर्दै जान सक्यो भने अवश्य निवार्ण प्राप्त गर्न सकिने सरल तरिकाले बताउनु भयो ।
धर्म प्रवर्तन दिवसको अवसरमा नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाको लागि गत बर्ष जग्गा खरिद गर्न रु. एक लाख भन्दा माथी सहयोग गर्ने आले लामा र धर्म काजी लामा लाई प्रसंसापत्र द्धारा सम्मान गरिएको थियो । साथै आजिवन सदस्य निर्मला सुनुवार र मन्जु योन्जन तामाङलाई पनि प्रसंसा पत्र प्रदान गरियो ।