हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

शासकलाई अत्याएपछि मात्र अधिकार पाउँछ – नेपाली कांग्रेसका नेता इन्द्रबहादुर गुरुङ

Nefin-pro

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता इन्द्रबहादुर गुरुङले नेपालमा सहज तरिकाले अधिकार प्राप्त नहुने बताउनुभएको छ । शासकलाई अत्याएपछि मात्र अधिकार पाउने उहाँले बताउनुभयो ।

कोठामा कार्यक्रम मात्र गरेर आदिवासी जनजातिको अधिकार सुनिश्चित नहुने भन्दै उहाँले अधिकार प्राप्तिका लागि आदिवासी जनजातिहरु सशक्त ढंगले आन्दोलनमा उत्रनुपर्ने बताउनुभयो ।

अधिकारका लागि पार्टी त्याग गर्न तयार हुनुपर्ने भन्दै सभासदसभा ककसका पूर्वअध्यक्ष समेत रहेका गुरुङले भन्नुभयो– आदिवासी जनजातिको अधिकार सुनिश्चित हुन्छ भने म पार्टी त्याग गर्न तयार छु, तपाईहरु तयार हुनुहुन्छ ?

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले गरेको अन्तक्र्रियामा बोल्दै गुरुङले सडकमा अभियन्ताहरुले सशक्त आन्दोलन गर्न सकियो भने सांसदहरुलाई सदन तताउन बल मिल्ने बताउनुभयो ।

स्थानीय निकाय पुनर्संरचनामा आपत्ति

स्थानीय निकायको पुनर्संरचनाप्रति आदिवासी जनजाति सांसदहरुले आपत्ति जनाएका छन् । गाउँपालिका र नगरपालिको संरचना तयार गर्दा जनसंख्यालाई मात्र आधार मान्न नहुने भन्दै आदिवासी जनजाति सांसदहरुले सच्याएर अघि बढ्नुपर्ने बताएका हुन् ।

सांसदहरुले तराई र मधेसमा जनसंख्याको आधारमा संरचना बनाउँदा हुने भएपनि पहाड र हिमाली क्षेत्रमा जनसंख्यालाई मात्र आधार बनाउन नहुने सुझाव उनीहरुको थियो । पहाड र हिमालमा भुगोलको आधारमा समेत गाउँपालिका र नगरपालिका बनाइनुपर्ने सुझाव आदिवासी जनजाति सांसदको छ ।

सांसदहरुले आदिवासी जनजातिका अधिकार संविधानमा सुनिश्चित नभएकाले संशोधनका लागि आफूहरुले पहल गर्ने बताएका छन् । उनीहरुले संसद र सरकारलाई दवावका लागि सडकमा पनि उत्तिकै दवाव जरुरी हुने बताएका छन् ।

कार्यक्रममा एमाले सचेतक गोकुल घर्तीले अहिले निर्धारण गरिएकोभन्दा डबल स्थानीय संरचना बनाउनुपर्ने बताउनुभयो । हाल रहेको इलाका समितिहरुलाई नै गाउँ पालिका बनाएर अघि बढ्दा सहज हुने पनि उहाँको धारणा थियो ।

कांग्रेस सांसद दिलमान पाख्रीनले जनसंख्याकै हिसावले मात्र स्थानीय संरचना बनाउन नहुने बताउनुभयो । भौगोलिकतालाई हेरेर भुगोललाई समेत स्थानीय निकाय पुनसंरचनाको आधार बनाइनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा राप्रपाका सांसद परशुराम तामाङ, कांग्रेस सांसद रत्ना शेरचन, नेकपा मालेका सांसद अइन्द्रसुन्दर नेम्बाङ, सांसद यशोदा लामा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले विश्व आदिवासी दिवस आदिवासी जनजातिको हकअधिकार राज्यसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण दिवस भएकाले अधिकारमुखी आन्दोलनका रुपमा मनाउन सबैमा अनुरोध गर्नुभयो । @abcnewsnepal






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution