हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

धर्म चक्र प्रवर्द्धन दिवस भनेको के हो ? सबैले बुझौ …

thupetn

आज डुक्पा छेशी अर्थात्  बुद्धिस्टको छैठाै महिनाको ४ औं तिथि यानिकी  छ्योइखोर दुइछेन तिथि हो । बिहारको बोधगयमा ६ बर्षको कठोर तपश्या पछि सम्पुर्ण पुण्य सिद्धी गरेर बुद्धत्व ज्ञान प्राप्त भई  बुद्ध हुनु भई , बुद्धत्व प्राप्त गरेको ठीक ४९ दिन पछि सर्बप्रथम (वाणारास) वारानासीमा पञ्च वर्गिय भिक्षुहरुलाई त्याग्नुपर्ने मार्ग र अपनाउनु पर्ने मार्गको पहिलो चार अार्य सत्यको धर्म चक्र प्रवर्तन गर्नु भएको दिन हो। यहि दिनको स्मरणमा धर्म चक्र प्रवर्द्धन दिवस मान्ने चलन रहेको छ।

बुद्धले ८४ हजार धर्म ग्रन्थ देशना गर्नु भए तापनि यहि चार आर्य सत्य र प्रतित्यसमुद्पत सिद्धान्तमा आधारित देशना गर्नु भएको हो।  आजको दिन चार आर्य सत्य को सिद्धान्त मध्यम धर्म चक्र प्रवर्द्धन शुरुवात गर्नु भएको थियो। यसै दिनलाई धर्म चक्र प्रवर्द्धन दिवस भनिन्छ ।

चार आर्य सत्य

१) दुःख सत्य ।
२) (कारण) समुदाय सत्य ।
३)(निर्वाणा)निरोध सत्य ।
४) मार्ग सत्य।

यि चार आर्यसत्य नै बौद्ध त्रिपिठक तथा बौद्ध दर्शनको आधारभूत सिद्धान्त हो।

चार अार्य सत्यलाई बुझ्नु अति आवाश्यक छ।

(1) दुःख सत्यलाई जान्नु।

(2)दुःखको कारण समुदय सत्य लाई त्यग्नु।

(3) दुःख र दुःखको कारण समाप्त पार्ने निरोध सत्यलाई सक्षेत्कार गर्नु।

(4)निरोध सत्य सक्षेत्कार गर्नको निम्ति मार्ग सत्यको अध्यास तथा साधना गर्नु, यस प्रकारको धर्म पर्वतन लाई चार अार्य सत्यको धर्म देशना भनिएको हो।

१- दुःख सत्य:दुख सत्य भन्नाले हाम्रो भौतिक तथा मानसिक तत्व दुखै दुःखमा सिमीत रहेको यथार्थ हो। त्यसैले दुख सत्य भनिन्छ।

क) जन्म हुने दुख ।
ख) वृद्ध वृद्धि हुने दुख।
ग) रोगी – विरामी हुने दुख।
ङ) मरण हुने दुख ।
च) शोक सन्तप्त हुने दुख।
छ) विलाप हुने दुख।
ज) प्रिय संग बिछोड हुने दुख।
झ) अप्रिय संग मिलन हुने दुख।
ञ) चाहेको नपाउने दुख।
त) नचाहिने ले सताउने दुख।

लगायत हाम्रो जिवनमा भोग्नुपरेको वास्तविक हो। त्यसैले दुख सत्य भनेको । अब के कसरी भनेर सबै व्याख्या गर्नु सम्भब छैन,केहि संक्षिप्त मात्रै अवगत गराएको हो।

२) समुदय सत्य (कारण सत्य)।

यो दुख हरु कसरी हुन्छ, के कारण हुन्छ भनेर तर्क गर्दा दुःखको कारण हरु हुन्छ, त्यसलाई समुदाय सत्य अथब कारण सत्य भनिन्छ। काम, रिस, राग, द्धेष आज्ञानता यहि कारण दुख उत्पन्न हुने भएको कारण यि सबै समुदाय सत्य हो।

३) निरोध सत्य (निर्बना सत्य)

दुख र दुख को कारण रहेको यथार्थ थाहा पाए पछि अब यसको निकास तथा निरोध विकल्प छ। यसलाई नै निरोध सत्य अथवा निर्वाना तथा मुक्ति भन्ने गरिन्छ।

४) मार्ग सत्य।

यि मुक्ति प्राप्त तथा निरोध सत्य उपलब्ध गराउने पुर्वाधार छ कि छैन। पक्कै छ, र यसलाई मार्ग सत्य भनिन्छ ।
मार्ग सत्य को मध्यम नै दुःखको कारण निरोध गरि दुख बाट मुक्त पाउने छ। यहि मार्ग सत्य लाई आर्यअष्ठंगिक मार्ग पनि भनिन्छ । यो मुख्यतः प्रज्ञा, शील, सामधि त्रिकोणात्मक रुपमा आठ प्रकारका छन्।

१) प्रज्ञा मार्ग सत्य दुई।

क) सम्यक दृष्टि । ख) सम्यक संकल्प ।

२) शील मार्ग सत्य तिन ।

क) सम्यक वचन।

ख) सम्यक कर्म
ग) सम्यक जीविका ।

३) समाधि मार्ग सत्य तिन।

क) सम्यक प्रयत्न ।

ख) सम्यक स्मरण ।
ग) सम्यक ध्यान ( समाधि)

यहि अाठ ओटा मार्ग दर्शन लाई अपनाउने कार्य गर्नु भयो भने आफु र अरु। व्यक्ति र समाज सबै सम्यक अर्थात सार्थक हुने धर्मिक तथ वैज्ञानिक दृष्टिकोणमा सत्यता छ।यहि नै बुद्धको मार्ग दर्शन, जिवन र समाजको सुदर्शन हो।

आजको दिन विशेष दिन भएको हुदा हामीले जति धर्म गर्नु सके त्यसको लाखौँ पुन्या फाइदा हुनेछ र जति पाप कर्म गरे त्यसको लाखौं पाप भोग्नु पर्नेछ भनेर शात्रमा भनिएको छ। त्यसैले हरेक बुद्धिष्टहरू ले आज को यो दिनमा केहि न केहि मध्यम पुण्य सञ्जय कर्म गर्नु पर्छ। भन्ने यो दिवसको महत्व हो। त्यसैले जति सक्दो पुण्य कार्य गर्नु पर्दछ । यद्दपी पुण्य सञ्चय गर्न नसके कमसेकम आजको दिनमा कुनै पाप नगरिकन बुद्ध र बुद्धको धर्म लाई सम्मान प्रकट सबैले गर्नु पर्दछ ।

बुद्धले भन्नू भएको छ-

अशुभ कार्य कहिलै नगर्नु।
सधै शुभ कार्य गर्नु।
आफ्नो मनलाई परिशुद्ध गर्नु।
यहि बुद्धको मुल मार्ग दर्शन हो। भन्नू भएको छ।
आज यस विशेष दिनमा सबै प्राणी जगदले सुख शान्ति पाउन र मृत आत्म सबैले सुखवती भुमी प्राप्त गरून।

– लामा थुप्तेन योन्जन तामाङ

इजरायल 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution