नेतालाई राजदूत बनाउने परिपाटी बदलौंः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काली ओली सरकारबाट सिफारिस भएका राजदूत फिर्ता बोलाएलगत्तै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन् ।
राजनीतिक दलको कोटाबाट सिफारिस भएका १४ जना राजदूतहरु फिर्ता गर्ने सरकारी निर्णयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भट्टरार्इले अहिले जारी प्रक्रिया नै बदल्नुपर्ने धारणा राखेका हुन् ।
‘एउटा पार्टीका राजदूत रोकेर अर्को पार्टीका दूत पठाउनुको सट्टा छनोट प्रक्रिया नै बदल्ने कि ?’, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत भनेका छन्, ‘राजदूत पार्टीका दूत हैनन्, राज्यका दूत हुन् भन्ने बुझौं ।’
ओली सरकारले सिफारीस गरेका २२ राजदूतमध्ये १४ जना राजनीतिक दलका नेताहरु रहेका थिए । प्रचण्ड सकारले परराष्ट्र सेवाका आठजनाको भने सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ |