आज धर्म चक्र प्रवर्द्धन दिवस अर्थात् डुक्पा छे श्ही छोईखोर दुईछेन

गेलोङ तारा तामाङ
२५ सय वर्ष पहिला सर्वज्ञानी सम्यक् सम्बुद्ध अर्थात सम्पुर्ण पुण्य सिद्धी गरेर बुद्धत्व प्राप्त भइ बुद्ध हुनु भएको गौतम बुद्ध नै बौद्ध मार्गी को संस्थापक हो। उहाको जिवनी धेरै भिन्न भिन्न र आश्चर्यजनक रहेको यथार्थ यहाँ आज भन्नु पर्ने सन्दर्भ ठानेनन्।
बोधगयमा बुद्धत्व प्राप्त गरि ठीक ४९ दिन पछि वारानासीमा पञ्च वर्गिय बुद्धलाई त्याग्नुपर्ने मार्ग र अपनाउनु पर्ने मार्गमा केन्द्रित पहिलो चार अार्य सत्य को धर्म चक्र प्रवर्तन गर्नु भएको थियो। यहि दिनको स्मरणमा धर्म चक्र प्रवर्द्धन दिवस मान्ने चलन रहेको छ।
आजको दिन विशेष दिन रहेको हुदा १ धर्म को लाखौँ गुणा फाइदा हुने आस्था राख्ने गर्छ। त्यसैले हरेक बुद्धिष्टहरू ले आज को यो दिनमा केहि न केहि मध्यम पुण्य सञ्जय कर्म गर्नु पर्छ भन्ने यो दिवसको महत्व हो। त्यसैले जति सक्दो पुण्य कार्य गर्नु पर्दछ ।
यद्दपी पुण्य सञ्चय गर्न नसके कमसेकम आजको दिनमा कुनै पाप नगरिकन बुद्ध र बुद्धको धर्म लाई सम्मान प्रकट चाहिँ सबैले गर्नु पर्दछ ।
चार आर्य सत्य.
१) दुःख सत्य ।
२) (कारण) समुदाय सत्य ।
३)(निर्वाणा)निरोध सत्य ।
४) मार्ग सत्य। यि चार आर्य सत्य नै बौद्ध त्रिपिठक तथा बौद्ध दर्शन को आधारभूत सिद्धान्त हो।
बुद्धिष्टहरू अन्तिरिक धेरै थरि देखे पनि यि चार आर्य सत्य लाई नै आधारभूत दृष्टिबोध गरि फरक प्रदर्शन मात्रै हो।
१) दुख सत्य भन्नाले हाम्रो भौतिक तथा मानसिक तत्व दुखै दुःखमा सिमीत रहेको यथार्थ हो। त्यसैले दुख सत्य भनिन्छ।
क) जन्म हुने दुख ।
ख) वृद्ध वृद्धि हुने दुख।
ग) रोगी – विरामी हुने दुख।
ङ) मरण हुने दुख ।
च) शोक सन्तप्त हुने दुख।
छ) विलाप हुने दुख।
ज) प्रिय संग बिछोड हुने दुख।
झ) अप्रिय संग मिलन हुने दुख।
ञ) चाहेको नपाउने दुख।
त) नचाहिने ले सताउने दुख।
लगायत हाम्रो जिवनमा भोग्नुपरेको वास्तविक हो त्यसैले दुख सत्य भनेको । अब के कसरी भनेर व्याख्या गर्नु अहिले लाई समय अपुग भयौँ। केहि संक्षिप्त मात्रै अवगत गराएको हो।
२) यो दुख हरु कसरी हुन्छ, के कारण हुन्छ भनेर तर्क गर्दा दुःखको कारण हरु हुन्छ त्यसलाई समुदाय सत्य भनिन्छ।
काम, रिस, राग, द्धेष आज्ञानता यहि कारण दुख उत्पन्न हुने भएको कारण यि सबै समुदाय सत्य हो।
३) दुख र दुख को कारण रहेको यथार्थ थाहा पाए पछि अब यसको निकास तथा निरोध विकल्प छ। यसलाई नै निरोध सत्य अथवा निर्वाना तथा मुक्ति भन्ने गरिन्छ।
४) यि मुक्ति प्राप्त तथा निरोध सत्य उपलब्ध गराउने पुर्वाधार छ कि छैन।
पक्कै छ, र यसलाई मार्ग सत्य भनिन्छ ।
मार्ग सत्य को मध्यम नै दुःखको कारण निरोध गरि दुख बाट मुक्त पाउने छ।यहि मार्ग सत्य लाई आर्यअष्ठंगिक मार्ग पनि भनिन्छ । यो मुख्यतः प्रज्ञा, शील, सामधि त्रिकोणात्मक रुपमा आठ प्रकारका छन्।
१) प्रज्ञा मार्ग सत्य दुई।
क) सम्यक दृष्टि ।
ख) सम्यक संकल्प ।
२) शील मार्ग सत्य तिन ।
क) सम्यक वचन। ख) सम्यक कर्म
ग) सम्यक जीविका ।
३) समाधि मार्ग सत्य तिन।
क) सम्यक प्रयत्न ।
ख) सम्यक स्मरण ।
ग) सम्यक ध्यान ( समाधि)
यहि अाठ ओटा मार्ग दर्शन लाई अपनाउने कार्य गर्नु भयो भने आफु र अरु। व्यक्ति र समाज सबै सम्यक अर्थात सार्थक हुने वैज्ञानिक दृष्टिकोणमा सत्यता छ।
यहि नै बुद्धको मार्ग दर्शन, जिवन र समाजको सुदर्शन हो । आज संक्षिप्तमा जनकारी गरेको मात्रै । अझ यसको गहिराइमा बुझ्ने र बुझाउने प्रयत्न सबैले गरौ र व्यवहारगतरूपमा सक्दो अभ्यास गरौ अनि शान्ति समाज र खुशी जिवन निर्माण गर्न सहभागी बनौं ।
बुद्ध ले ८४ हजार धर्म ग्रन्थ देशना गर्नु भए त पनि यहि चार आर्य सत्य र प्रतित्यसमुद्पत सिद्धान्त मा आधारित देशना गर्नु भएको हो। र आज को दिन चार आर्य सत्य को सिद्धान्त मध्यम धर्म चक्र प्रवर्द्धन शुरुवात गर्नु भएको थियो। यसै दिनलाई धर्म चक्र प्रवर्द्धन दिवस भनिन्छ ।
आज यस विशेष दिवसको उपलक्ष्यमा सबै मानव प्राणीले सुख शान्ति को अनुभूत हुन पाउ त्यसको निम्ति सम्यक मार्गमा सबैको ध्यान पुगोस् ।
तपाई हरु सबैलाई शान्तिले बाँच्न पाओस्, खुशी ले जिउन पाओस् । यहि छ मेरो धर्म चक्र प्रवर्द्धन दिवसको मंगलमय शुभकामना ।
-गेलोङ तारा तामाङ, नुवाकोट ।
अध्यक्ष: बौद्ध शान्ति अभियान संघ, नेपाल।