हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

पत्रकारितामा लाग्न अब अलग्गै परीक्षा पास गर्नुपर्ने

काठमाडौँ, साउन २२ गते । के तपाईं पत्रकारिता पेसामा आउन चाहनुहुन्छ ? पत्रकारिता पेसा लामो समयदेखि अँगालिरहनु भएको छ ? यदि त्यसो हो भने अब पत्रकार बन्नका लागि निश्चित मापदण्ड तोकिएको परीक्षा पास गर्नुपर्नेछ । परीक्षामा उत्तीर्ण हुनेले मात्र यो पेसामा संलग्न हुन पाउनेछन् ।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ गठन गरेर सो विषयमा अध्ययन गराएको थियो । सो कार्यदलले पत्रकारको योग्यता, उत्तीर्ण गर्नुपर्ने परीक्षाको मापदण्ड तथा परीक्षण कार्यविधि तयार गरेर शुक्रबार प्रतिवेदन हस्तान्तरण गरेको छ । सो प्रतिवेदन कार्यान्वयनमा आएपछि अब पत्रकारिता पेसामा आउन चाहने नयाँ आगन्तुक र पेसामा रहेका कार्यरत पत्रकारले समेत काउन्सिलले तोकेको निश्चित मापदण्डसहितको परीक्षा उत्तीर्ण गर्नुपर्नेछ ।

काउन्सिलले सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गत सालको फागुन १९ गते गठन गरेको थियो । सो कार्यदलमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका डा. कुन्दन अर्याल, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल सदस्य हुनुहुन्थ्यो । कार्यदलले करिब पाँच महिना लगाएर तयार गरेको प्रतिवेदन काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ ।

वैधानिक पत्रकारिताको स्थापना र विकास, पत्रकारितालाई पेसाको मापदण्ड अनुकूल बनाउन, पत्रकारितालाई पारदर्शी र उत्तारदायी बनाउन, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने पत्रकारिताको विकास गर्न पत्रकारको योग्यता तोक्नुपर्ने औचित्यको बारमा कार्यदलले प्रतिवेदनमा चर्चा गरेको छ ।

छिमेकी मुलुक भारतले सन् २०१३ मा पत्रकारको योग्यता तोक्न तीन सदस्यीय कार्यदल गठन गरेर अध्ययन प्रतिवेदन बनाएको थियो । अमेरिकाले पत्रकार हुनका लागि कम्तीमा स्नातक उत्तीर्ण गर्ने प्रावधान बनाएको छ । बेलायतमा ग्रेजुयट नभई पत्रकारिता क्षेत्रमा प्रवेश मिल्दैन । अस्ट्रेलियाले निश्चित मापदण्डको परीक्षा उत्तीर्ण गराई एकवर्षे ग्रेजुयट क्याडेटसीप हासिल गर्नैपर्ने व्यवस्था गरेको छ । नेपाली मिडियाले संवाददाता माग गर्दा कम्तीमा स्नातक पास माग्ने गरे पनि पत्रकार हुन सरकारी स्तरबाटै निश्चित योग्यताक्रम तोकिएको छैन ।

कार्यदलका संयोजक डा. रामकृष्ण तिमिल्सिनाले नेपाली पत्रकारिताको स्तरलाई बढोत्तरी गर्न र यो पेसालाई लोकतान्त्रिक र जिम्मेवार बनाउन पत्रकारको योग्यता तोक्न अनिवार्य रहेको बताउनुभयो । “पत्रकारिता मर्यादित पेसा हो, ख्यालख्यालमा गरिने पेसा होइन, यसलाई जिम्मेवार र स्तरीय बनाउन पत्रकारको योग्यता तोक्न अनिवार्य छ”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पत्रकार हुन निश्चित योग्यता तोकिने प्रचलन रहेको उहाँले अनुभव सुनाउनुभयो ।

कार्यदलका सदस्य डा. अर्यालले पत्रकारिता विषय लिएर डिग्री पास गरेकाले समेत पेसागत परीक्षामा उत्तीर्ण भई अनुमतिपत्र हासिल गर्नुपर्ने प्रावधान प्रतिवेदनमा सिफारिस गरिएको बताउनुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारिता आफैँमा पेसा भएकाले पत्रकारको योग्यता अनिवार्य रहेको बताउनुभयो । “पत्रकारितालाई कि त पेसा नै नमानौँ, जे छ त्यसरी चल्नदिउँ, पेसा मान्ने हो भने पत्रकारको योग्यता अनिवार्य हुनुपर्छ”, पन्तले भन्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीले पत्रकारितामा लाग्ने खास व्यक्तिहरू ओझेलमा रहने तर पार्टी पत्रकारिता र पित पत्रकारिता गर्नेकै हालीमुहाली भइरहेकाले त्यसको शुद्धीकरणका लागि पनि पत्रकारको योग्यता आवश्यक भएको बताउनुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution