हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

साउदी आर्थिक संकटबाट नेपाली कामदार प्रभावित

saudi-arebia
काठमाडौं, साउन २१ । वैदेशिक रोजगारका लागि नेपाली श्रमिकहरुको एउटा महत्वपूर्ण गन्तव्य खाडी राष्ट्र साउदी अरेबियामा आर्थिक समस्या चर्किए सँगै त्यहाँ काम गर्दै आएका सयौं नेपाली कामदार प्रभावित भएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ।

धेरै जसो कामदारले लामो समय देखि तलब नपाएको र केहीले रोजगारी नै गुमाएको बताइएको छ। अनौपचारिक अनुमानमा करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा रहेको बताइन्छ।

कच्चा तेलको मूल्यमा लगातार आएको गिरावटका कारण साउदी अरेबियाको अर्थतन्त्र हाल चर्को समस्यामा परेको छ। जसका कारण विशेषत: केही सरकारी परियोजनामा काम गर्ने नेपाली कामदारले विगत ३/४ महिना देखि तलब पाउन नसकेको र कतिपयले रोजगारी गुमाउनु परेको बताइएको छ।

हालै बन्द भएको एउटा कम्पनीका कामदार सिर्जलाल राउतले भने, “आठ महिना देखि तलव दिएको छैन, खान पनि दिँदैन। हामी त नेपाल फर्किन चाहन्छौं। सबै जना त्यही भन्दैछन्।”

हाल सम्म ७३ जना नेपालीले साउदी अरेबिया स्थित नेपाली दूतावासमा सहयोगका लागि निवेदन दिएका अधिकारीहरुले बताएका छन्। कम्पनी बन्द भएका कारण अलपत्र अवस्थामा रहेका नेपाली कामदारलाई घर फर्काउने प्रयास भैरहेको साउदी अरेबियाका लागि कार्यवाहक नेपाली राजदूत आनन्द प्रशाद शर्मा बताउँछन्।उनले भने, “हाम्रो महावाणिज्य दूतावासले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गरेको छ। भारतीय कामदारहरुलाई जसरी फर्काइन्छ हामीले पनि त्यसरी नै फर्काउने भनेर कुरा गर्न लागेका छौं।”

भारत, पाकिस्तान लगायतका देशहरुले साउदी अरेबियामा बेरोजगार भएर अलपत्र परेका आफ्ना देशका कामदारको बाँकी तलब उपलब्ध गराउन र स्वदेश फर्कन चाहनेलाई फर्काउन प्रयास गरिरहेको समाचारहरु आएका छन्।गत वर्ष मात्रै एक लाख भन्दा बढी नेपाली कामका लागि साउदी अरेबिया गएको बताइएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution