हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेको १४ राजदूतको नाम रद्ध

राजदुत

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा कांग्रेस—माओवादी गठबन्धन सरकार बने लगतै १४ जनाले हातैमा आएको राजदूतको पद गुमाएका छन् । शुक्रबार तत्कालीन केपी ओली नेतृत्वको सरकारले राजदूतका लागि सिफारिस गरेका राजनीतिक पृष्ठभूमीका १४ जना राजदूतको सिफारिस वर्तमान सरकारले रद्ध गरेको हो ।

सुनुवाई प्रक्रियामा रहेको सिफारिस नै सरकारले रद्ध गरिदिएपछि विभिन्न देशका लागि राजदूत हुन तम्सिएका १४ जना निराश बनेका छन् । यसरी राजदूतका लागि सिफारिस नाम रद्ध हुनेमा एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र राप्रपाको राजनीतिक पृष्ठभूमीका १४ जनाले रहेका छन् । उनीहरुलाई गत ७ बैशाखमा तत्कालीन सरकारले राजनीतिक भागबण्डाका आधारमा राजदूतका लागि सिफारिस गरेको थियो ।

यसरी हातैमा आएको राजदूत पद गुमाउने अभागीहरुमा एमालेका ६ जना रहेका छन् । यस्तै, माओवादी केन्द्रका ४ जना, राप्रपा नेपालका २ जना, राप्रपा र फोरम लोकतान्त्रिकको कोटामा राजदूत हुन लागेका १÷१ जना छन् ।

राजदूत सिफारिस रद्ध गरिएका ब्यक्तिहरु निम्नानुसार रहेका छन :

१. महेन्द्रबहादुर पाण्डे (चीन)
२. डा. खडगबहादुर केसी (जापान)
३. नारद भारद्वाज (श्रीलंका)
४. डा. शिवमाया तुम्बाहाम्फे (इजरायल)
५. अलिअख्तर मिकरानी (साउदी अबर)
६. युवराज कार्की (दक्षिण कोरिया)
७. लक्की शेर्पा (अष्ट्रेलिया)
८. महेन्द्रप्रसाद सिंह (कतार)
९. पदम सुन्दास (बहराइन)
१०. युगनाथ लम्साल (डेनमार्क)
११. निरन्जन थापा (रसिया)
१२. भरतबहादुर रायमाझी (युएई)
१३. खगेन्द्र बस्न्यात (बंगलादेश)
१४. शर्मिला पराजुली (ओमान)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution