हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

२४ बर्षीय सृजना तामाङ – गाउँपालिकाकी कान्छी उपाध्यक्ष

काठमाडौं । गाउँलेहरुले विजयोत्सव धित मर्ने गरी मनाएकै थिएनन्। गला छोपिनेगरी लगाइएको फूलका माला नओइलिँदै र अनुहारको रङ नपुछिँदै सृजना भने काठमाडौंतिर लागिन्। सृजना अर्थात् पहिलो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाकी कान्छी उपाध्यक्ष। उमेर २४ वर्ष। पूरा नाम सृजना तामाङ।

बौद्धमा हामीसँगको भेटमा उनी अझै पनि आफू संविधानले शक्तिशाली बनाएको गाउँपालिकाको उपप्रमुख भए/नभएको पत्याउनै नसकिरहेको बताउँदै थिइन्। तर, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका स्थानीयले ५ वर्षका लागि उनलाई आफ्नो नेता छानि सकेका छन्। नेकपा एमालेबाट उम्मेद्वारी दिएकी उनले केही दिनअघि सम्पन्न भएको मतगणनामा २७ सय ८६ मत ल्याइन्।
चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्ष पढ्दै गरेकी उनी विजय उत्सव नमनाउँदै काठमाडौं आउनुको हतारो के त?

गाउँकी उपाध्यक्षले आउँदै गरेको परीक्षाको फर्म भर्न आएको बताइन्। कुरा गर्दै गएपछि खै के भयो कुन्नि! उनले विस्तारै कुरा मोडिन्।

‘चुनाव त जितेँ अब संविधानमा के छ? अधिकार के-के हुन्छ बुझ्नु पर्यो त नि, त्यसैले संविधान र कानुनका किताब किन्न आएको,’ उनकै मुखबाट ‘राज’ खुल्यो।

तर, उनलाई यस्ता किताब कहाँ पाइन्छन् भन्ने पनि थाहा रहेनछ। ‘दिनभरि घुम्दा पनि किताब पाइन,’ सुनाइन्।

जिम्मेवारी भने ठूलो छ। संविधानले गाउँपालिका उपाध्यक्षलाई अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न तीन सदस्यीय न्यायिक समितिको संयोजक बनाएको छ। अर्थात् सजिलो भाषामा भन्दा स्थानीय न्यायपालिकाका ‘मुख्य न्यायाधीश’ सरहको अधिकार।

तर उनलाई थाहा रहेनछ उनी देशकै कान्छी उपाध्यक्ष। त्यसो त कम उमेरकाले टिकट पाउनु चानचुने कुरा होइन। ठूला दलदेखि साना दलसम्म परिपक्व नभएकाले उम्मेदवार बन्ने अवसर नै पाएनन्। यिनी परिन्, अपवादकी।

सुरुमा त उनलाई पार्टीका नेताले टिकट दिन किन मान्थे।

‘योसित पैसा नि छैन, चुनाव जित्दिन। टिकट किन दिने? कसरी जित्छे? भन्थे,’ उनले उमेरमाथिको विभेदको पोल खोलिन्।
उनले टिकट पाउने/नपाउनेमा गाउँमा बहस नै चलेछ। केहीले त टिकट पाउने र नपाउने भन्दै ५० हजार रुपैयाँसम्म बाजी नै थापे। अन्तमा उनले टिकटमात्र पाइनन् जितकै टीको लगाइन्। बाजी थाप्नेहरुले पैसा लिए/लिएनन् उनको चासोको विषय रहेन।

उनी जन्मेर हुर्किँदै गर्दा देशमा माओवादीले सशस्त्र आन्दोलन थालेको थियो। माओवादीको भाषामा त्यो ‘जनयुद्ध’ले उनलाई पनि लपेट्न नखोजेको होइन। ७ कक्षा पढ्दा नै उनलाई माओवादीमा लाग्न उक्साउनेहरु धेरै थिए। तर, मानिनन्। पढाइ छाडिनन्।

२०६७ सालमा गुम्बा गाविसबाट एसएलसी पास गर्ने पहिलो किशोरी बनिन्। उनी त्यहाँबाट एसएलसी पूरा गर्ने किशोरी थिइन् जहाँ महिलाले चुलोचौकोको सीमाबाट बाहिरिनु करिब-करिब असम्भव थियो। राजनीति त टाढाको विषय। हुँदैन र सम्भव पनि छैन भन्ने सोच भएको ठाउँमा उनले जित हात पार्नु फलामको च्युरा चपाउनु भन्दा कष्टकर थियो।

उम्मेदवार बन्ने उनको चाहनामा परिवार नै साथ थिएन। सृजना भन्छिन्, ‘छोरी भएर राजनीति गर्नु हुँदैन। पैसा छैन, टिकट पाए पनि नलिनु भन्नुहुन्थ्यो।’

साथीभाइले पत्याउने कुरै थिएन। तर, उनले अठोट गरिसकेकी थिइन्। ‘जसरी भए पनि चुनावमा भिड्छु। पैसा जुटाउँछु। ५ मतमात्रै बढी ल्याएर भए पनि जित्छु,’ भनेपछि पार्टीले पत्याएर टिकट थमायो।

टिकट पाएपछि उनको कलिलो काँधमा गह्रुँगो भारी थपियो। प्रचारप्रसार, खाजाखर्च, मोटरसाइकलमा पेट्रोल। उनीसामु सोच्दै नसोचेको खर्चको बोझ।

‘मलाई चुनाव जसरी पनि जित्नु थियो। त्यसैले आफ्नो, भाइ र बहिनीको जागिर खाएर जम्मा गरेको ३ लाख रुपैयाँ खर्च गरेँ। धेरैलाई त भेटेर नै मनाएँ। त्यसैले खर्च कम नै थियो,’ उनले सुनाइन्। कति सही र कति झुटो बोलिन् उनै जानुन्।

‘१० देखि १२ जना पुरुष कार्यकर्ताको बीचमा म एक्लै रातिराति चुनाव प्रचारमा हिड्थेँ,’ भनिन्, ‘कोही केटी साथीले पनि मेरो साथ दिएनन् त्यतिखेर।’

उल्टै विदेशमा भएका साथीले मेरो घर सम्पति छ त के गर्छेस् भन्दै चिढ्याए। तर, चुनाव जितेपछि सबैले फोन गरेर शुभकामना दिएका छन्। उपाध्यक्ष बनेपछि उनको पहिलो योजना अहिलेसम्म सञ्चार नपुगेको गाउँको नेतृत्व गर्ने भएकाले सञ्चार पुर्या्उने छ। उनी भन्छिन्, ‘भोलि नै फोनको टावर लग्ने योजना बनाउँदै छु।’

उमेर जस्तै उनका योजना ठूला छैनन्। गाउँमा शिक्षाको अवसर बढाउने, जलविद्युत आयोजनामा एक घर एक रोजगार बनाउने, सडक बनाउने आदि-आदि। कान्छी गाउँ उपाध्यक्षको योजना कति सृजनात्मक रुपले अघि बढ्छ त्यो सृजना तामाङको कार्यकालले नै मूल्याङ्कन गर्ला।
-सविन ढकाल/बिजमाण्डू






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution