हेडलाईन

जिएमआरले बेच्यो ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी, बुटवल पावर कम्पनी र चिनियाँले किने         गौतमबुद्ध विमानस्थलको युद्धस्तरमा काम : आगामी जेठभित्र उडानयोग्य         दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद         हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष रञ्जित तामाङ         इजरायलमा तामाङ सोनाम ल्होछार २८५५ फाग/ ड्वा ल्हो भव्यताको साथ मनाउने         ओली र प्रचण्डलाई २२ नेताको पत्र : पक्षपातको सीमा नाघ्यो         बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा         आदिवासी जनजाति महासंघ कतारको सातौं महाधिवेशन हुदै         यसरी गरौ – तामाङ भाषामा ल्हो गन्ती / गणन         तामाङ साँस्कृतिक लोकवार्ता सम्पन्न         शान्ति प्रक्रियामा प्रचण्ड नायक कि खलनायक ?         राष्ट्रपतिलाई नयाँ गाडी र हेलिप्याड: विवाद किन?         पुरुषहरु सम्बन्ध विच्छेदका मुद्दा लिए देशभरका अदालतमा         राष्ट्रपतिज्यू, गणतन्त्रलाई यति विलासी नबनाइदिनुस्         केरुङ–काठमाडौं रेलमार्गः चिनियाँ टोली अर्को महिना नेपाल आउने        

Tuesday, August 14th, 2018

 

भक्तपुर घटनाः तीन आमालाई पुत्र वियोगको पीडा

 tamang online

भक्तपुर– यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् ।काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाकोट समरीका २४ वर्षीय अजय तामाङको ५३ वर्षीया आमा कासाङ लामा छोराको वियोगले शोकमा छिन् । उनी मात्रै होइन ६ वर्षअघि मात्रै विवाह गरेकी २३ वर्षीया श्रीमती रजनी तामाङको अवस्था उस्तै छ। । साढे तीन वर्षकी छोरी सजनीले अब कहिल्यै बाबा भन्न नपाउने भएकी छिन् । अजयकी आमा कासाङ


घरबेटी र डेरावाल बिचको ऐन कस्तो आउदै छ ?

 tamang online

काठमाडौँ । घरभाडामा लगाउने र भाडामा बस्ने व्यक्तिबीचको विवाद अन्त्यका लागि मुलुकी देवानी ऐनले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।भदौ १ देखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ को परिच्छेद ९ मा उल्लेख घर बहाल सम्बन्धी व्यवस्थाले दुई पक्षबिच विवादको अन्त्य हुने अनुमान गरिएको छ । यस ऐनले देशभरका घरबेटी र डेरावाललाई समेटेको छ । घरबेटी र डेरावालबीच भाडादर, कोठाभाडाको अवधि, भाडा बुझाउने प्रक्रिया लगायतका बारेर स्पष्ट सम्झौता गर्नुपर्ने हुन्छ । घरधनी र डेरावालका कर्तव्य र दायित्वहरु ऐनमा उल्लेख गरिएका छन्। घरधनीले भाडामा बसेको व्यक्तिलाई सम्झौता अनुसार घर उपभोग


टेलिकमकी महाप्रबन्धक राजभण्डारी बर्खास्त

 tamang online

काठमाडौं -सरकारले नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी कामिनी राजभण्डारीसँग ओली सरकारले दोस्रो पटक केही दिनअघि स्पष्टीकरण सोधेको थियो। पहिलो पटक स्पष्टीकरण सोधेर सफाइ दिएपछि पनि राजभण्डारीले टेलिकमको हितमा काम गर्न नसकेको ठहरसहित उनलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो। राजभण्डारीले दिएको जवाफ चित्त नबुझेकाले मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए। टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा एक अर्ब घटेको,


मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नोर्बु तामाङ र कर्ण बहादुर राईले जिते स्वर्ण पदक

 tamang online

मलेसिया : मलेसिया : क्वालालम्पुरमा अगस्ट १० ,११ र १२ तारिख ३ दिन सम्म भएको एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडी कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक र नोर्बु तामाङले विलो ८४ किलो तौल स्वर्ण पदक जितेका छन् | यसैगरी गोमा थापाले विलो ५३ केजी तौलमा रजत पदक, १३ वर्ष मुनिको खेलमा रिवाज गिरीले कास्य पदक, दल बहादुर तामाङले विलो ७५ तौलमा कास्य पदक, अस्मिता प्रजाले विलो ६१ केजिमा कास्य पदक,विलो ६० केजिमा तुलाराम धामीले कास्य पदक जितेका छन् । जसमा नेपालले २ स्वर्ण, १ रजत र

Flash News, खेलकुद, प्रवास  संग सबंधीत छ |

ब्लफ कल गर्नेलाई २ वर्ष कैद

 tamang online

भाद्र १ गते लागु हुने मुलुकी ऐनमा ब्लफ कल गर्नेलाई सजायको व्यवस्था गरिएको छ । अब यस्तो कसुर गर्नेलाई २ वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ । अपराध संहिताको धारा २९९ मा भनिएको छ ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुँदैन ।’ टेलिफोन वा फेसबु्कबाट धम्की दिनेलाई एक वर्ष कैद वा १० हजार जरिवानाको व्यवस्था गरिएको छ । कसैलाई डरत्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र,

Flash News, ताजा समाचार, समाज  संग सबंधीत छ |

संघीयतालाई समाप्त पार्न षडयन्त्र भइरहेको छ : मन्त्री यादव

 tamang online

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताएका छन्। संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका उनले संघीयता कमजोर भए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी पनि दिए। उपप्रधानमन्त्री यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भइरहेको दाबी गर्दै सचेत रहन पनि आग्रह गरे। मंगलबार काठमाडौंमा आयोजित ‘नेपालका संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताले मात्रै मुलुकका सबै समुदायलाई अधिकारलाई सुनिश्चित गर्ने पनि स्मरण गराए। उपप्रधानमन्त्री यादवले सबै समुदायको पहिचानलाई स्थापित हुने गरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिएको सेतोपाटिमा छ |


मलेसिया:नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ : प्रधानमन्त्री महाथिर

 tamang online

काठमाडौँ । मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले विदेशी कामदारलाई भर्ती गर्दा एउटै प्रणाली लागु गर्ने तयारी सरकारले गरिरहेको बताएका छन् । देशमा अवैद्य कामदारको समस्या बढेको भन्दै उनले सबै देशका लागि एउटा प्रणाली लागू गर्ने बताएका हुन् । ‘बंगलादेश, नेपाललगायत अन्य देशहरुले पनि एउटै प्रणाली प्रयोग गर्नेछन्,’ विदेश कामदारसँगको बैठकपछि उनले पत्रकार सम्मेलनबाट सो कुरा बताएका हुन् । उनले बंगलादेशबाट कामदार लैजाने अनुमति पाएको १० एजेन्टको अनुमति पनि खारेज गरेको बताए । त्यस्तै नेपालसँग चाँडै एमओयु गरेर कामदारबारेको समस्या समाधान गर्ने बताए । उनले भने, ‘हामी नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सहमति

Flash News, ताजा समाचार, विश्व  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अविवाहितलाई दालचिनी र मरिचको धुलो खन्याउने अनौठो चलन

काठमाडौं । विवाहका सन्दर्भमा विभिन्न समाजमा फरक–फरक परम्पराहरु जोडिने गरेका छन् । आफ्ना संस्कृति र परम्परा... बाँकी यता

tamang online / October 30, 2018

बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’ !

काठमाडौँ । अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको... बाँकी यता

tamang online / October 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution