हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

‘सत्यमेव जयते’

शम्भु श्रेष्ठ: प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते बुधबार संघीय संसदमा सम्बोधन गर्दै ‘सत्यमेव जयते’ शब्द उच्चारण गरेका छन् । मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको भू-भागलाई समेटेर नयाँ नक्सा पास गरेलगत्तै प्रधानमन्त्री ओलीले नेपालको भू-भाग फिर्ता लिएरै छाड्ने प्रतिवद्धता संसदमा दोहो-याएका छन् ।

संसदमा प्रधानमन्त्री ओलीले भने, ‘भारतको प्रतिक चिन्हमा चारतिर फर्किएका सिंहको आकृति छन् । त्यसको मुनि ‘सत्यमेव जयते’ लेखिएको छ । म यसपटक भारतलाई सोध्न चाहन्छु, सत्यमेव जयते कि सिंहमेव जयते ? हामी विश्वास गर्छौँ, ‘सत्यमेव जयते ।’

मुलुक कोरोना भाइरसका कारण संकटमा छ । ‘लकडाउन’का कारण सम्पूर्ण उद्योग, कलकारखाना, स्कुल, बैंक तथा वित्तिय संस्था बन्द छन् । पर्यटन क्षेत्र तहस-नहस भएको छ । लाखौँ नेपाली जनता विदेशमा अलपत्र छन् । विभिन्न देशबाट घर फर्किएका नेपाली श्रमिकहरु गाउँमै बेरोजगारको अवस्थामा छन् । यस्तो स्थितिमा देशको अर्थतन्त्र सुढृकरण गर्न के गर्नुपर्ला भनेर छलफल गर्ने बेला सार्वभौम संसदको ध्यान प्रधानमन्त्री ओलीले अन्त्यै मोड्न सफल भएका छन् । मानौँ, नेपालमा कोरोना भाइरसले केही असर पु¥याएको छैन ।

तर पनि प्रधानमन्त्री ओलीको यो कदमको चौतर्फी स्वागत भएको छ । नेपालकै इतिहासमा ओलीको नाम जबसम्स कालापानी क्षेत्रको भू–भाग भारतले फिर्ता गर्दैन, तबसम्म सबैले उच्चारण गरिनै रहने छन् । ओलीले बनाएको नयाँ नक्सा अनुसार भारतले खुसुक्क उक्त भूमि नेपाललाई फिर्ता दिएमा ओली नेपालको इतिहासमा महान क्रान्तिकारी र राष्ट्रवादी नेताका रुपमा चिनिने छन् । नेपाल राष्ट्रको सामु कोरोनालगायतका सबै कुरा गौण भए, मुख्य कुरा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता बनेको छ । अब नेपाली जनता कोरोनाविरुद्ध मात्र होइन, आफ्नो भूमि फिर्ता गराउन युद्धको तयारीमा जुट्नुपर्ने बेला आएको छ ।

दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको भएपनि आफ्नै पार्टी भित्रबाट आफूलाई असुरक्षित ठानिरहेका प्रधानमन्त्री ओलीले पार्टी फुटाउने अध्यादेश ल्याउन असफल भएपछि पार्टीभित्र र बाहिरका विरोधी तह लगाउन नयाँ नक्साको रणनीति अगाडि सारेका हुन् । अब कसैले उनलाई सत्ताबाट बहिर्गमन गर्न खोजे यो अस्त्रले आफ्ना विरोधी तत्व अहिले नै ठेगान लाग्नेछन् भने नेपालप्रति गिद्दे दृष्टि लगाउनेहरु क्रमशः ठीक हुँदै जानेछन् । कालापानीमा भारतले आघोषित युद्धको सुरुवात गरेको बेला नयाँ नक्सा जारी गरेर प्रधानमन्त्री ओलीले इँटको जवाफ पथ्थरले दिएका छन् ।-दृष्टिबाट






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution