हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

कोरोना भाइरसबाट निधन भएका व्यक्तिको शवबाट कोरोनाभाइरस सर्छ कि सर्दैन ?

कोभिड- १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ। त्यसबेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्।

ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्।

त्यसले पोस्टमोर्टमबाट रोग फैलनसक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्नसक्ने सम्भावनाको डर पैदा गरिदिएको छ।
के मृतकको शरीरले कोभिड- १९ फैलाउन सक्छ? अन्तिम संस्कार गर्नु सुरक्षित छ कि छैन? अनि शवलाई जलाउनु ठीक कि गाड्नु?

हाम्रो जानकारीमा आएका कुराहरू यहाँ छन्।

शवबाट कोभिड-१९ सर्छ ?

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड-१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन।

यो रोग लगाउने सार्स-कोभ-२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्‍याल जस्ता कुराका छिटाहरूबाट सर्छ। बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन्।

अनि कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन्।

“आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन,” यसै महिनाको सुरुवातमा भएको एउटा पत्रकार सम्मेलनमा पान-अमेरिकन हेल्थ अर्गनाइजेसनका एकजना प्रवक्ता विलियम अडुक्रोले भनेका थिए।

मृतकको शरीरमा भाइरस बाँच्न सक्छ?

“त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ। तपाईं मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ। हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ,” उनले भने।

डब्लूएचओले गत मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू (इबोलाजस्ता) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख छ।

त्यसमा भनिएको छ, “यदि महामारीयुक्त इन्फ्लुएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्नसक्छ। अन्यथा शवबाट रोग सर्दैन।”

तर कडा खाले श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन्।

चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन्। त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन्।

कोभिड-१९ लागेर ज्यान गएकाहरुका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षितरूपमा व्यवसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ।

के हामी अन्तिम संस्कारमा जान सक्छौँ?

केही स्थानमा कोभिड-१९ का कारण लगातार मृतकको सङ्ख्या बढ्दा अन्तिम संस्कारमा सङ्कट पैदा भएको छ।

सामाजिक दूरी कामय गर्नुपर्ने भएकाले कैयौँ देशहरूमा अन्तिम संस्कार बन्द गरिएको छ।

अन्यले हालसम्म अनुमति त दिएका छन् तर सीमित सङ्ख्यामा मात्र मानिसहरू सहभागी हुन पाउँछन्।

डब्लूएचओले मृतकका आफन्त तथा साथीहरूले अन्तिम संस्कार हेर्न पाउने बताएको छ। यद्यपि उनीहरूले पनि केही प्रतिबन्धहरूको पालना गर्नुपर्ने हुन्छ।

डब्लूएचओको निर्देशिकामा भनिएको छ, “उनीहरूले शवलाई म्वाई खान र छुन पाउने छैनन्। शव हेरिसकेपछि उनीहरूले साबुन पानिले हात धुनुपर्नेछ। शव हेर्नका लागि कम्तीमा १ मिटरको दूरी कायम राख्नुपर्नेछ।”

श्वासप्रश्वाससम्बन्धी लक्षणहरू भएका मानिसहरूले अन्तिम संस्कारमा सहभागी हुन पाउँदैनन् वा गर्नै पर्ने अवस्थामा पनि सङ्क्रमण फैलन नदिनका लागि मास्क लगाउनुपर्छ।

बालबालिका, ६० वर्ष माथिका र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूले सिधै शवसँग सम्पर्कमा आउनु हुदैँन।

शवलाई गाड्न सकिन्छ कि जलाउनु पर्छ?

डब्लूएचओका अनुसार शवलाई गाड्न पनि सकिन्छ जलाउन पनि सकिन्छ।

“सरुवा रोग लागेका मानिसको शवलाई जलाउनु पर्छ भन्ने आम मान्यता रहेको देखिन्छ तर त्यो सत्य होइन। अन्तिम संस्कार भनेको सांस्कृतिक छनोट र उपलब्ध स्रोतको कुरा हो,” उक्त निर्देशिकामा भनिएको छ।

अन्तिम संस्कारका क्रममा शवहरूको व्यवस्थापन गर्दा पञ्जा लगाउनु र तुरुन्तै साबुन पानीले हात धुनुपर्छ।

कोभिड-१९ का बिरामीका शवलाई तत्कालै अन्तिम संस्कार गर्नुपर्छ भन्ने नभएको डब्लूएचओको भनाइ छ।

बिरामीका सामानलाई जलाउनु पनि आवश्यक छैन तर त्यस्ता सामग्रीहरूलाई सर्फले धुने वा ७० प्रतिशतभन्दा बढी इथानोल भएका कुराहरूले सङ्क्रमणमुक्त बनाउनु पर्छ।

कपडाहरूलाई कि त ६० देखि ९० डिग्री सेल्सियस तापक्रममा मेसिनमा धुनुपर्छ वा तातोपानी र साबुनले कुनै भाँडामा राखेर लठ्ठीले धुनु आवश्यक हुन्छ।

प्रतिष्ठा कायम राख्नु

डब्लूएचओले मृतक, उनीहरूको संस्कृति र धार्मिक परम्पराका साथै परिवारको पनि प्रतिष्ठा कायम राखिनुपर्ने बताएको छ।

तर महामारी फैलँदैगर्दा विश्वका कतिपय स्थानमा यो निकै चुनौतीपूर्ण भएको छ।

इक्वेडरमा त्यस्तै समस्या आएको देखिएको छ। पर्याप्त एयर कन्डिशनर र पूर्वाधार नहुँदा अस्पतालहरूले गोदामघरहरूमा लाश पठाएका छन्। अमेरिकाको न्यूयोर्क, ब्राजिल र टर्कीमा सामूहिक चिहान बनाइएका तस्बिरहरू पनि आएका छन्।

डब्लूएचओले हरेक घटनाका आधारमा परिस्थितिको मूल्याङ्कन गरी यस्तो प्रतिष्ठा कामय राख्न आग्रह गरेको छ।

-बीबीसी 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution