हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

दुबईमा कोरोन संक्रमित नेपालीले रुदै भने अस्पताल जान पाएन

याम्बु  । वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरु अहिले समस्यामा परेका छन् । हजारौंको संख्यामा नेपालीहरु संक्रमित भएका छन् । त्यसमध्ये दुबईमा रहेका नितेषकुमार यादव पनि हुन् । उनले आफ्नो उपचार राम्ररी नभएको भन्दै देश फर्कन पाउँ भनेका छन् । आफूलाई बचाउन भन्दै उनले ऋषि धमलासँग रेडियो एनआरएनमा दुबईबाट टेलिफोनमा गरेको कुराकानीः

तपार्इं के गर्दै हुनुहुन्छ ?

म दुबई छु । मलाई कोरोना लागेको छ । यहाँ एउटा रुममा राखिदिएको छ । उपचार गर्न अस्पताल लगिएको छैन । कम्पनीले पनि आज आउँछ, भोलि आउँछ भन्छ ।

तपाईलाई अस्पताल लगेर उपचार गरिएको छैन ?

केही भएको छैन दाइ । दाइ मलाई बँचाउनुहोस् । नेपाल आउन पाएँ म बाँच्ने थिएँ । ऋषि दाइ मलाई यिनीहरुले केही गर्दैनन् ।

तपाईंलाई कोरोना संक्रमण कसरी भयो ?

म करिब एक महिना अगाडिदेखि नै घर जान भनेर आँटेको थिएँ । कम्पनिसँग कुरा गरेर रुममा पुगेँ । त्यसपछि मलाई धेरै ज्वरो आयो । टाउको पनि दुखिरहेछ । आज ४, ५ दिनदेखि एउटा रुमा राखिएको छ । अस्पतालबाट मान्छे आएको छैन । मलाई बँचाउनुस् दाइ ।

तपाईंको नाम भन्नुस् न ?

मेरो नाम नितेषकुमार यादव हो ।

घर कहाँ हो ?

मेरो घर सिराहा जिल्ला मिर्चैया हो ।

तपाईं दुबई गएको कति वर्ष भयो ?

म दुबई आएको २७ महिनाजति भयो ।

अहिले तपाईंको अवस्था कस्तो ?

मेरो अवस्था गम्भीर छ दाई । खासगरी टाउको दुख्छ । सास फेर्न पनि अप्ठ्यारो भइरहेको छ । तातो पानी खाएर बसेको छु । विगत ४ दिनदेखि खाना पनि केही रुच्दैन ।

ज्वरो पनि एकमदै आएको छ ?

ज्वरो आएको छ । घाँटी पोल्छ । टाउको पोल्छ ।

अहिलेसम्म तपार्इंंलाई कुनै डाक्टरले आएर उपचार गरेको छैन ?

एम्बुलेन्स आएर धड्कन चेक गर्न अनि ठिकै छ भनेर जान्छ ।

त्यसोभए तपार्इंंलाई अहिलेसम्म कुनै उपचार गरिएको छैन ?

केही उपचार गरिएकै छैन दाइ ।

नेपाल सरकारसँग तपार्इंंको माग के छ त ?

म प्रधानमन्त्रीज्यूलाई भन्न चाहान्छु । कि मलाई नेपाल आउने व्यवस्था मिलाइदिनुपर्यो । नभए यही भएपनि अस्पताल जान पाए म बाँच्न सक्ने थिएँ ।

अरु तपार्इंंजस्ता कति संक्रमित छन् ?

अर्को एकजना नेपाली पनि छन् । यतापट्टि म एक्लै हो ।

त्यसोभए दुबई सरकारले उपचार गरेको छैन ?

मलाई चाहीं छुट्टै रुममा राखेको छ । उपचार भएको छैन ।

नेपाली जनसमुदाय र राजदूतावास कसैले सहयोग गरेको छैन ?

नेपाली दूतावासलाईं फोन गरेको ३ दिन भइसक्यो । आज आउँछु, भोलि आउँछु भन्छन् तर कोही आउँदैनन् ।

तपाईंको घरपरिवारसँग कुरा हुन्छ ?

कुरा त हुन्छ तर म ठिकैछु, ठिकैछु भन्ने गरेको छु ।

तपाईंलाई आर्थिक अवस्था के छ ?

मसँग अहिले त पैसा छ ।

नेपाल सरकार, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई के भन्न चाहनुहुन्छ ?

म प्रधानमन्त्री केपी शर्मा ओलीजी, स्वास्थ्यमन्त्री र नेपाल सरकारलाई भन्न चाहन्छु, ‘मलाई नेपाल लगेर उपचार गराइदिन्स्’ त्यतिभए बाँच्नेथिएँ ।

-रेडियो एनआरएन






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution