हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

संस्कृत भाषा कक्षा १ देखि पढाउने सम्वन्धमा शिक्षा मन्त्रीलाई विरोधपत्र

याम्बु – कक्षा १ देखि संस्कृत पढाउने विषय थाति राख्न आग्रह गर्दै २२ वटा शैक्षिक, भाषिक र साहित्यिक संस्थाहरूद्वारा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेललाई विरोध पत्र बुझाएको छ । कोरोना भाइरसको कारण लकडाउनले गर्दा भेट्घाट सम्भव नभएकोले सम्पर्क गरी इमेल मार्फत पठाएको जानकारी प्राप्त भएको छ ।

प्रोफाइल फोटो

विरोधपत्रमा भनिएको छ- “अहिले हाम्रो देशमा संस्कृत मातृभाषा हुने जनसंख्या नै छैन (शास्त्रीय भाषा मातृभाषा हुने कुरा भएन पनि) । देशमा अन्य कति मातृभाषाहरुका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षकको व्यवस्था गर्न सरकार स्रोत पुग्दैन भनी लाचारी देखाइ रहेको बेला यो व्यवहार न्यायपूर्ण छैन र शायद विरलैले यसको प्रयोजन र फाइदा देखका होलान् । यसले अनावश्यक थप भाषा लाद्न खोजेको आभास दिन्छ जसले सामाजिक न्याय र सामाजिक सद्भावमा समेत खलल पुर्‌याउँदै भाषिक द्वन्दको सम्भावना बढाउँछ ।”

अगाडि भनिएको छ- “कोभिड १९ महामारीको यो बेला देशको लरखराउँदो शिक्षा प्रणाली त्यसमाथि यो पाठ्यपुस्तक बेमौसमको बाजा भन्दा अत्युक्ति हुँदैन । यस्ता विषय यति बेला आउनुले कसरी सिकाइ कायम राख्ने भन्ने जस्ता अहम् विषयलाई ओझेल पार्छ। भाषाका रूपमा संस्कृतको महत्व कम गराउने अभिप्राय कत्ति पनि छैन तर यो जसरी र जुन बेला आएको छ त्यसले यसको महत्वलाई अवमूल्यन गरेको छ भन्ने हाम्रो अभिप्राय हो । समाजले महत्व अङ्गीकार नगरी लादिएका विषयले वितृष्णा मात्र बढाउँछ । संस्कृत जान्ने र जिम्मेवारी लिएकाहरुले समेत आफ्ना सन्तानलाई संस्कृत नपढाएको सन्दर्भमा यस्तो प्रावधानलाई बहुसंख्यक नेपालीले सत्तासीन वर्गको अर्घेल्याईका रुपमा नै हेर्ने सम्भावना छ।”

पूर्ण पाठ हेरौं-

२८ वैशाख, २०७७
माननीय श्री गिरिराजमणि पोखरेल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
सिंहदरबार, काठमाण्डौ ।

विषय : कक्षा १ देखि संस्कृत पढाउने विषय थाति राख्न आग्रह

माननीय शिक्षा मन्त्री पोखरेलज्यू,

“स्थानीय तहबाट विकास हुनुपर्ने, स्थानीय तहमा व्यवस्थापन हुनु पर्ने र शास्त्रीय विषयको रुपमा पढ्नु पर्ने” भन्ने सरकारी अधिकारीहरुको भनाइ उद्धृत गर्दै शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको पुस्तक तयार पारेर त्यसलाई मान्यता दिइसकेको कुरा सञ्चार माध्यमले जनाएको प्रति हाम्रो ध्यान आकृष्ट भएको छ ।

यो कदम भाषा आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा नेपालका तीन शास्त्रीय भाषा– संस्कृत, पालि र भोटहरूको प्रवद्धन गर्ने सिफारिश अनुसार आएको हो कि भन्न मिल्छ तर यसबारे सरकारले के केमा के निर्णय लियो भन्ने कुरा चाहिँ बाहिर आएन । अहिले हाम्रो देशमा संस्कृत मातृभाषा हुने जनसंख्या नै छैन (शास्त्रीय भाषा मातृभाषा हुने कुरा भएन पनि) । देशमा अन्य कति मातृभाषाहरुका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षकको व्यवस्था गर्न सरकार स्रोत पुग्दैन भनी लाचारी देखाइ रहेको बेला यो व्यवहार न्यायपूर्ण छैन र शायद विरलैले यसको प्रयोजन र फाइदा देखका होलान् । यसले अनावश्यक थप भाषा लाद्न खोजेको आभास दिन्छ जसले सामाजिक न्याय र सामाजिक सद्भावमा समेत खलल पुर्‌याउँदै भाषिक द्वन्दको सम्भावना बढाउँछ ।

कोभिड १९ महामारीको यो बेला देशको लरखराउँदो शिक्षा प्रणाली त्यसमाथि यो पाठ्यपुस्तक बेमौसमको बाजा भन्दा अत्युक्ति हुँदैन । यस्ता विषय यति बेला आउनुले कसरी सिकाइ कायम राख्ने भन्ने जस्ता अहम् विषयलाई ओझेल पार्छ । भाषाका रूपमा संस्कृतको महत्व कम गराउने अभिप्राय कत्ति पनि छैन तर यो जसरी र जुन बेला आएको छ त्यसले यसको महत्वलाई अवमूल्यन गरेको छ भन्ने हाम्रो अभिप्राय हो । समाजले महत्व अङ्गीकार नगरी लादिएका विषयले वितृष्णा मात्र बढाउँछ । संस्कृत जान्ने र जिम्मेवारी लिएकाहरुले समेत आफ्ना सन्तानलाई संस्कृत नपढाएको सन्दर्भमा यस्तो प्रावधानलाई बहुसंख्यक नेपालीले सत्तासीन वर्गको अर्घेल्याईका रुपमा नै हेर्ने सम्भावना छ ।

भाषा आयोगले के कति कसरी पढाउने आदि तोकेको छैन तर एक कक्षादेखि नै नयाँ भाषा पढाउने कुरा भाषा शिक्षणको सिद्धान्त अनुकूल पनि छैन । वहुभाषिक शिक्षाको मूल मर्म नै त्यस्ता शिशुहरु जसले मूलधारको नेपाली भाषा जानेका हुदैनन् र तिनीहरूको लागि आफनो मातृभाषामा शिक्षण गर्दै क्रमशः अर्को भाषामा ल्याउनका लागि बनाइने पुल हो । तर शास्त्रीय भाषाको हकमा यो सिद्धान्त लागू होला जस्तो लाग्दैन। यसबारेमा एकाध शिक्षाविद्हरुले विधि अनुपयुक्त रहेको सार्वजनिक रुपमा बताइ सकेका छन् । यो अहिले सरकारले कार्यान्वयनमा लैजान खोजेको कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमका भाषिक अवधारणा (परिच्छेद १५) को बिलकुल विपरीत छ ।

भाषा शिशुका लागि खाना जस्तै हो भन्ने कुरा पाठ्यक्रम विकास केन्द्रका विज्ञहरुले पक्कै नबुझ्नु भएको छैन होला। नवजात शिशुलाई क्रमशः आमाको दूध, गाई वस्तुको दूध अनि लिटो हुँदै ठोस खाना दिइन्छ, एकै पटक घिउ वा मासु ख्वाइन्न । अहिलेकै अवस्थामा पनि नेपाली मातृभाषा भएकाहरु अंग्रेजी, अरु राष्ट्रिय भाषा बोल्नेहरू नेपाली र अंग्रेजी दुवैका कारण हाम्रो शिक्षा प्रणालीबाट फालिइरहेका छन् । संस्कृत अनिवार्य नभनिए पनि लागू भयो भने एउटा अर्को भाषाको भार थप्दा बालबालिकाको मनोदशा कस्तो हुन्छ विचार गर्न सकिन्छ । हामी आजकल अंग्रेजी लादिएका कारण केटाकेटी र बाबुआमा अनि शिक्षकका बीच भावनात्मक गहिराइ घटेको र सिकाइ सतही रहेको विषयमा छलफल गरिरहेका छौं । देशको भाषा शिक्षणको जिम्मेवारी लिएर बस्नु भएकाहरु यसप्रति पनि अनभिज्ञ हुनु हुन्न ।

माथिका कुरालाई समेत ध्यानमा राखी आफ्नो स्थिति स्पष्ट पार्नुहुन हामी सरोकारवालालाई आग्रह गर्दै हकवालाहरू चनाखो रहन अनुरोध गर्दछौं । हाम्रो संस्कृत भाषा प्रति कुनै दुराग्रह नरहेको तर यो सञ्चार माध्यममा आएको जस्तै हो भने यसले थुप्रै भ्रम सिर्जना गर्ने कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छौं । यस अवस्थामा पर्याप्त छलफलका लागि यो विषय हालका लागि थाति राख्नु उपयुक्त हुने हाम्रो ठहर रहेको छ । यस बारेमा हामी थप छलफलका लागि सदैव तत्पर रहने नै छौं ।

शिक्षामा भाषा सरोकार समूहका तर्फबाट

अमृत योञ्जन तामाङ , टीका भट्टराई
बहुभाषिक शिक्षा समाज शिक्षा नीति तथा अभ्यास केन्द्र
फोनः ९८५१० ८२५०३  info@schoolingnepal.org

एकबद्धता

मातृभाषा शिक्षक महासंघ, काठमाण्डौ
बहुभाषिक शिक्षा मासिक, काठमाण्डौ
तामाङ डाजाङ साहित्यिक संस्था, काठमाण्डौ
तामाङ स्रष्टा समाज, काठमाण्डौ
सेम्ह्म्हेलेङ न्हाङ, भक्तपुर
सितिमि चाम्लिङ राइ मासिक
नाङ्साल क्लब नेपाल
थारू लेखक संघ, काठमाण्डौ
जङ्ग्रार साहित्यिक बखेरी, नेपालगञ्ज
ख्यालबगाल, दाङ्ग
हौली परिवार, सुनसरी
लिम्बू भाषा विकास संस्था, पान्थर
याक्थुम प्रज्ञा प्रतिष्ठान, पान्थर
मगर भाषा अध्ययन केन्द्र
धिमाल शैक्षिक जागरण केन्द्रीय समिति, मोरङ
शिक्षा पत्रकार समूह, काठमाण्डौ
फाउन्डेशन फर एजुकेशन, नेपाल
राना थारू समाज, धनगढी
नेवा बस्ती नेवा स्कूल अभियान, काठमाण्डौ
छन्त्याल अध्ययन अनुसन्धान केन्द्र, म्याग्दी
मुस्लिम कल्चरल सोसाइटी अफ नेपाल, कपिलवस्तु
‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक ।

बोधार्थ

श्री भाषा आयोग
श्री पाठ्यक्रम विकास केन्द्र
श्री गाउँपालिका महासंघ
श्री नगरपालिका महासंघ
श्री सञ्चार माध्यमहरू ।
प्राविधिक गडबढीका कारण नाम छुटेका संस्थाहरू (क्षमा याचनासहित)
लिम्बु भाषा साहित्य प्रतिष्ठान, ललितपुर
मातृभाषा साहित्य प्रतिष्ठान
याक्थुङ साप्सक अकादमी, ललितपुर ।
स्थानीय भाषा शिक्षक सङ्गठन, तेह्रथुम ।
याक्थुङ प्रज्ञा प्रतिष्ठान, पाँचथर ।
लिम्बु भाषा विकास संस्था ।
आनिपान स्थानीय लिम्बु भाषा संरक्षण तथा संवर्धन संस्था ।
बुङवाखा मासिक ।
कर्तव्य फाउन्डेसन ।
किरात प्रजा-प्रतिष्ठान






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution